लन्डन । यही २५ मार्च बिहान प्रदर्शनसहित बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सशक्त बनाउन भूपू गोर्खा जुटेका छन् । ब्रिटिश भेट्रानहरु अघि सरेर आफ्नो आन्दोलनमा साथ दिने भएपछि भूपू गोर्खा झन् उत्साहित भएका हुन् ।
ब्रिटिश भेट्रानहरुले २५ मार्चका दिन बेलायती प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालका कार्यवहाक संयोजक सूर्य नेम्बाङले प्रदर्शन सशक्त बनाइने जनाए । उनले एनआरएनए यूकेसहित अन्य संघसंस्थालाई समेत ऐक्यवद्धता जनाउन आग्रह गरिएको बताए । ‘ब्रिटिश भेट्रानहरुले कम्तीमा ५ सय जना उतार्ने भनेका छन्, हामी पनि त्यो भन्दा कम हुनु त भएन नि’, नेम्बाङले भने, ‘बेलायती रक्षा मन्त्रालय (एमओडी) भवन पछाडि बिहान १०.४५ बजे उपस्थित भई कार्यक्रम अझ सशक्त र सफल बनाइदिन सबैमा हाम्रो विनम्र आग्रह छ ।’
आफ्नो समान हक अधिकारका लागि अब निर्णायक आन्दोलन गर्ने जनाउंदै आएका भूपू गोर्खाहरुले आगामी २४ अप्रिलसम्म आफ्ना मागबारे बेलायत सरकारले केही ‘रेस्पोन्स’ नगरे त्यसैदिन देखि आमरण अनसन थाल्ने चेतावनी दिएका छन् । यो चेतावनीबीच ब्रिटिश भेट्रानहरुले यस्तो अप्रिय निर्णय गर्नुभन्दा बरु दवाव दिएरै माग पुरा गर्न सकिने विश्वासमा ज्ञापनपत्र बुझाउन लागेका सत्याग्रह समितिले जनाएको छ ।
यसैबीच, समितिका संयोजक कृष्ण राई नेतृत्वको एउटा टोली यतिखेर नेपालमा आन्दोलनबारे सरकारी अधिकारीहरुलाई जानकारी दिन व्यस्त छ । टोलीले सभामुख ओन्सारी घर्तीमगर, कानुन तथा न्याय मन्त्री अग्नी खरेल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वांग आदि नेताहरुसंग छलफल गरिसकेको समितिले जनाएको छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा