लन्डन । यूकेमा वसन्त ऋतुको आगमनसंगै यहां फुटबल प्रतियोगिता शुरु हुन लागेको छ । यसवर्ष यो क्रम सहारा यूकेको एभरेष्ट कपबाट यही अप्रिल २ मा शुरु हुंदैछ ।
रेडिङस्थित राब्सन रिक्रियसनल ग्राउण्डमा हुने सो प्रतियोगितामा तीन अलग अलग समूहमा खेलाइने आयोजकले बताएका छन् । आइतबार सो सम्बन्धमा जानकारी दिन अल्डरसटमा पत्रकार सम्मेलन आयोजना गरियो ।
सो सम्मेलनमा दिइएको जानकारी अनुसार १७ वर्षमाथि, ४० वर्षमाथि र ५० वर्षमाथि तीन उमेर समूहमा सो प्रतियोगिता खेलाइने छ । १७ वर्ष माथिको उमेर समूहको प्रतियोगिता ९ ‘ए’ साइड लिग कम नकआउट हुनेछ भने ४० वर्ष माथिको भेटेरान समूहको प्रतियोगिता ७ ‘ए’ साइडको नकआउट हुने छ ।
मुख्य विधामा १६ वटा समूहले भाग लिने भएको छ । आइतबारै गरिएको टिम ड्रमा टीम ‘ए’ मा प्लमस्टिड युथ, १० क्यूओजीएलआर, टेडफोर्ड एण्ड बुलफोर्ड (टी एण्ड बी), रोयल सिताङ स्याण्डहर्सट छन् । त्यस्तै टीम ‘बी’ मा मंगोलियन भान्जा, एफसी तोङबा, मोर्डन एफसी, फोल्कस्टन युथ छन् भने टीम ‘सी’ मा जेडी ब्वाइज, सिग्नलर एफसी, रोयल ग्रीनवीच एफसी, गोरखा वारियर माण्डले, ब्रेकन छन् । टीम ‘डी’ मा रेडिङ युनिटी, क्यूएएफटी, बेजिङस्ट्रोक युथ र फिली व्वाइज रहेका छन् ।
भेटेरानतर्फ भाग लिने टोलीहरुमा एफसी केन्ट, हिमाली एफसी, एचके ४०, पोखरा युनाइटेड, पांचथर एफसी, जीएसके, सहारा यूके र कोल्मा बहाकोट छन् ।
मुख्य प्रतियोगिताका विजेता टोलीलाई १ हजार ५०० पाउण्ड र कप, भेटेरानका विजेतालाई ८०० पाउण्ड र कप तथा ५० वर्षमाथिको गोल्डेन भेटेरानतर्फको विजेतालाई कप र व्यक्तिगत ट्रफी पुरस्कार दिइने छ । यस्तै, उपविजेताहरुमा मुख्य प्रतियोगिताको उपविजेतालाई ७५० पाउण्ड, भेटेरानका उपविजेतालाई ४०० पाउण्ड र गोल्डेन भेटेरानका उपविजेतालाई व्यक्तिगत ट्रफी र सर्टिफिकेट दिइने छ ।
सहारा यूकेका अध्यक्ष दिलिपकुमार गुरुङको अध्यक्षता र महासचिव कुमार गुरुङको संचालनमा भएको सो सम्मेलनमा स्पोर्टस सचिव मनोज गुरुङले प्रतियोगिताको तयारीका बारेमा, लेफ्टिनेण्ट कुसाङ गुरुङले टीम ड्र र कपको इतिहासका बारेमा, मिडिया सचिव वाचस्पति रेग्मीले मिडिया कभरेजका बारेमा जानकारी दिएका थिए ।
सन् २००८ मा सहारा यूकेले सहारा कपका नाममा सो प्रतियोगिता शुरु भएकोमा सन् २०१२ मा त्यसलाई नाम परिवर्तन गरी एभरेष्ट कपका नाममा खेलाउन थालिएको हो । विभिन्न कारणले तीन वर्ष अवरुद्ध सो प्रतियोगिता यस वर्षबाट पुनः खेलाइन लागेको हो ।
कार्यक्रममा हालै नेपाल पत्रकार महासंघ यूकेको अध्यक्ष र कोषाध्यक्षमा निर्वाचित नरेश खपाङगीमगर र पूर्ण गुरूङलाई क्लवका अध्यक्ष दिलिप गुरूङले खादा ओढाइ बधाइ दिएका थिए । यस्तै मिडिया सेक्रेटरी वाचस्पति रेग्मी र सल्लाहकार योगकुमार फगामीलाई पनि आदा ओढाइ स्वागत गरिएको थियो ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान