लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले हाल बेलायत भ्रमणका रहेका नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुको सम्मानमा एक कार्यक्रम गरेको छ । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा बिहीवार सांझ रात्रीभोजसहित कार्यक्रम भएको हो ।
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालसहित विशिष्ठ प्रहरी अधिकृतहरुलाई एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले सम्मान गरेका हुन् ।
प्रहरी अधिकृतहरुको उक्त टोली संघीय ढांचामा प्रहरीको कार्यसम्पादन प्रणालीबारे अध्ययन गर्न गत सोमबार लन्डन आएको हो ।
उक्त अवसरमा प्रहरी महानिरिक्षक अर्यालले संघप्रति आभार व्यक्त गर्दै अब नेपाल प्रहरीको संरचना परिवर्तन सम्वन्धि जानकारी दिएका थिए । अर्यालले बेलायत प्रहरीबाट संघीयता सम्वन्धि जानकारी लिन आफूहरु यहां आएको अवगत गराए ।
एनआरएनए यूके महासचिव विजय विक्रम लिंग्देनले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके महिला उपाध्यक्ष शान्ति थापा कुंवरले शुभकामना दिएकी थिइन् ।
उक्त अवसरमा सहभागीले अर्यालसहित अन्य अधिकृतहरुसंग नेपाल प्रहरीबारे प्रश्न राखेका थिए ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामी, सहकोषाध्यक्ष ललित न्यौपाने, पूर्व अध्यक्ष सूर्य गुरुङ, सल्लाहकारहरु एलएन पाण्डे, मोहन गुरुङ, गणेश गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका ओमप्रसाद थापा, जीव बेल्वासे, रन्जिता मल्ल, तमुधिं यूके अध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङ, छवीमाया पुन, फोटो पत्रकार मिलन तमु लगायत सहभागी थिए ।
तस्विरहरुः मिलन तमु
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न