लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले हाल बेलायत भ्रमणका रहेका नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुको सम्मानमा एक कार्यक्रम गरेको छ । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा बिहीवार सांझ रात्रीभोजसहित कार्यक्रम भएको हो ।
प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालसहित विशिष्ठ प्रहरी अधिकृतहरुलाई एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले सम्मान गरेका हुन् ।
प्रहरी अधिकृतहरुको उक्त टोली संघीय ढांचामा प्रहरीको कार्यसम्पादन प्रणालीबारे अध्ययन गर्न गत सोमबार लन्डन आएको हो ।
उक्त अवसरमा प्रहरी महानिरिक्षक अर्यालले संघप्रति आभार व्यक्त गर्दै अब नेपाल प्रहरीको संरचना परिवर्तन सम्वन्धि जानकारी दिएका थिए । अर्यालले बेलायत प्रहरीबाट संघीयता सम्वन्धि जानकारी लिन आफूहरु यहां आएको अवगत गराए ।
एनआरएनए यूके महासचिव विजय विक्रम लिंग्देनले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके महिला उपाध्यक्ष शान्ति थापा कुंवरले शुभकामना दिएकी थिइन् ।
उक्त अवसरमा सहभागीले अर्यालसहित अन्य अधिकृतहरुसंग नेपाल प्रहरीबारे प्रश्न राखेका थिए ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामी, सहकोषाध्यक्ष ललित न्यौपाने, पूर्व अध्यक्ष सूर्य गुरुङ, सल्लाहकारहरु एलएन पाण्डे, मोहन गुरुङ, गणेश गुरुङ, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका ओमप्रसाद थापा, जीव बेल्वासे, रन्जिता मल्ल, तमुधिं यूके अध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङ, छवीमाया पुन, फोटो पत्रकार मिलन तमु लगायत सहभागी थिए ।
तस्विरहरुः मिलन तमु
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान