
लन्डन । बेलायतबाट नेपाल गएको नेपाली तथा बेलायती व्यवसायीहरुको प्रतिनिधिमण्डलले भेटघाट तीव्र पारेको छ । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) को नेतृत्वमा गएको १२ सदस्यीय टोलीले काठमान्डूस्थित ब्रिटिश दूतावास, नेपाल चलचित्र विकास बोर्ड, नेपाल लगानी बोर्ड, सिएनआइ आदि निकायका पदाधिकारीसंग भेट तीव्र पारेको हो ।
राससका अनुसार, नेपाल भ्रमणमा रहेका बेलायती व्यवसायी सम्मिलित टोलीसँग नेपाल चेम्बर अफ कमर्समा आज बुधवार आयोजित छलफल कार्यक्रममा वाणिज्य मन्त्री दीपक बोहोराले नेपालमा नयाँ संविधान जारी भई राष्ट्र स्थायित्वतर्फ बढेकाले लगानी गर्न हिच्किच्याउन नपर्ने बताएका छन् । वाणिज्य मन्त्री बोहोराले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको समेत बताए ।
सरकार स्वदेशी तथा विदेशी पुँजी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउंदै उनले नेपालमा उत्पादित वस्तुको भारत र चीनका बजारमा सहज पहुंच भएकाले जलस्रोत, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरी फाइदा लिन बेलायतका उद्यमीलाई आग्रह गरे ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकका ठूला परियोजनामा ठूला पूंजी र प्रविधिको आवश्यकता रहेको बताउँदै भने – नेपालको निजी क्षेत्र बेलायतको निजी क्षेत्रसँग मिलेर कार्य गर्न उत्सुक छ ।
बेलायती भ्रमण टोलीका सदस्य रिचार्ड पेलीले बेलायतका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले आफ्नो टोली व्यापार तथा लगानीका क्षेत्र पहिचान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताए ।
ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले बेलायत र नेपालबीच व्यापार तथा लगानी क्षेत्रका साझा समस्या र लगानीका अवसर पहिचान गर्न आफ्नो संस्थाले भूमिका निर्वाह गर्दै आएको बताए ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान