
लन्डन । नेपालमा मानव अधिकार र शान्तिका लागि पहल गर्ने उद्देश्यले लन्डनमा नयां संस्थाको जन्म भएको छ ।
लन्डनस्थित चाल्टर्नमा आइतबार आयोजित भेलाले इन्टरनेशनल सोलिडारिटी फर नेपाल (नेपालका लागि अन्तर्राष्ट्रिय ऐक्यवद्धता) को तदर्थ समिति गठन गरिएको हो । उक्त भेलाले कृष्ण उपाध्यायको संयोजकत्वमा सह संयोजक बच्चु कैलाश कैनी, पुरुषोत्तम पौडेल तथा सदस्य सचिवमा दिनेश घिमिरे रहने गरि तदर्थ समिति गठन गरेको भेलामा सहभागी फोटो पत्रकार एभरेष्ट गौतमले जनाए ।
भेलाले विभिन्न विभाग जस्तै शिक्षा, स्वास्थ्य, वालवालिका, महिला, आर्थिक, युवा र सञ्चार संयोजकहरु समेत तोकेको जनाइएको छ ।
भेलामा संयोजक उपाध्याय, दिनेश घिमिरे, बच्चु कैलाश कैनी, विपिन निरौला, होम शर्मा, कैलाश नेपाल, मनिष श्रेष्ठ, गणेश खड्का, एभरेष्ट गौतम, श्रेय पौडेल, वालकुमारी राई लगायतले आ आफ्ना धारणा राखेका थिए ।
भेलाले ग्रीनविच घोषणा पत्र समेत जारी गरेको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान