
लन्डन । प्रवासी नेपाली मञ्च, बेलायतले १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
लन्डन नर्थ ह्यारोस्थित सरस रेष्टुरेन्टमा कार्यक्रममा भएको हो । अलिक फरक देखिन्थ्यो कार्यक्रमको प्रारुप । वक्ताहरु वहुसंख्यक महिला थिए । ब्याच र खादा प्रवृत्ति यहां देखिएन् ।
कार्यक्रमकी संयोजक सरस्वती केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य वक्ता नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दुले नयां संविधानमा महिला हक अधिकारबारे प्रकाश पारिन् । उनले वि.स. २००४ देखि २०७२ सम्म आइपुग्दा ६ पटक संविधान लेखिएको उल्लेख गर्दै ०६३ को अन्तरिम संविधानले सुनिश्चित गरेको महिलाको समानुपातिक सहभागिता नयां संविधानले पनि कायमै राखेको जनाइन् । उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनु सुःखद भएको पनि बताइन् । पैत्रिक सम्पतिमा महिला पुरुष समान हक, गैर आवासीय नेपालीलाई नागरिकता आदि नयां संविधानका उपलव्धि भएको बिन्दुको धारणा थियो ।
प्रतिमा केसीले सञ्चालन गरेको कार्यक्रममा अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महिला अधिकारको संवैधानिक कानुनी व्यवस्था नयां संविधानमा भएको स्मरण गर्दै महिलाहरु आफूलाई पनि स्वावलम्बी बन्न सुझाव दिए ।
प्रवासी नेपाली मञ्च, बेलायतका अध्यक्ष रामशरण सिम्खडाले नेपालमा ९९ वर्षअघि नै महिला उन्मुक्तिका लागि योगमायाले आन्दोलन गरेको स्मरण गर्दै अमुर्त महिला हिंसा अन्त्य नभएसम्म दिवस मनाएर मात्र सार्थकता नहुने जनाए ।
कार्यक्रममा एनआरएनए यूके महिला उपाध्यक्ष शान्ति थापा कुंवर, पत्रकार विमला सेने, राधा भट्राई, इन्दिरा बस्याल, राजेन्द्र पुडासैनी, स्मिता आत्रेय लगायतले नारी दिवसबारे बोलेका थिए ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान