लन्डन । सकारात्मक नकारात्मक दुवै प्रभाव छ सामाजिक सञ्जाल फेसबुकको । कतिपयले यसको दुरुपयोग गरेपनि समाज रुपान्तरणमा फेसबुक एउटा सशक्त माध्यम बनेको छ । फेसबुककै माध्यमबाट विपत्तिमा उल्लेख्य सहयोग जुटेका छन् । बेपत्ता मानिस भेटिनुदेखि अन्य सामाजिक काममा समेत यसको प्रभाव बढ्दो छ अहिले ।
फेसबुकलाई सही सदुपयोग गरिरहने मध्ये पर्छिन् समाजसेवी इशा गुरुङ पनि । एनआरएनए यूके महिला फोरमकी सहसंयोजक गुरुङले पछिल्लो पटक चेतना समूह नेपाल, घक्र्यौली २ हरिवन सर्लाहीद्वारा सञ्चालित द्वन्द्वपीडित अनाथ वालगृहको सहयोगार्थ २५२५ पाउण्ड २५ पेन्स संकलन गरेर हस्तान्तरण गरेकी छिन् । गत शनिवार किङ्स सेन्टरमा फोरमले आयोजना गरेको च्यारिटी कार्यक्रममा इशाले उक्त रकम प्रदान गरेकी हुन् । फेसबुक अपिलबाटै सहयोग रकम संकलन गर्न उनलाई उत्प्रेरणा मिलेको थियो ।
उनको सहयोग यो पहिलो भने होइन । पूर्व सभासद शान्ता चौधरीलाई २ लाख ६२ हजार उपचार सहयोग, चेपाङ महिलाका लागि ३ लाख रुपैयां, शान्ताबाट संरक्षित बालबालिकाको लागि स्कुल पोशाक, झोला, किताब कापी सहयोग, ताप्लेजुङ आगलागिका लागि एक लाख रुपैयां सहयोग जुटाउन पनि उनी अग्रसर भइन् । उनले ति सहयोग प्रवासी नेपाली मञ्च यूकेमार्फत गरेकी थिइन् ।
यसबाहेक उनले हेल्प नेपाल, दिक्षा चापागाईंको संस्था पवित्र समाज सेवा नेपाल, अनाथ बालबालिकाको लागि सानो घर, चितवन आदिमा ३१ लाख रुपैयां सहयोग गरिसकेकी छन् ।
‘समाजसेवा गरेर गुमाउनु केही छैन्’, इशा भन्छिन्, ‘एकपटकको जिन्दगीमा थोरै सहयोग गरे त्यो जस्तो धर्म अरु केही हुन्न ।’ तर, खराव मानिसहरुको नजरमा जति नै परोपकारी काम गरे पनि तिनले सकारात्मक नदेख्ने गर्दा उनी खिन्न छन् ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ