लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध निर्वाचित भएका छन् । शाखाको आइतबार लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्ट हलमा सम्पन्न तेश्रो अधिवेशनले वरिष्ठ उपाध्यक्ष खपांगीलाई अध्यक्ष घोषणा गरेको हो । लामो समय गोर्खापत्र दैनिकमा कार्यरत उनी वीनेपाली डटकमका सम्पादक हुन् ।
नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम लुईंटेल, उपाध्यक्षमा ध्रुवराज अर्याल र महासचिवमा लिलामान शेरपुन्जा निर्वाचित भएका छन् । सहमति हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा भने निर्वाचन भएको थियो । निर्वाचन समिति संयोजक विजय थापाका अनुसार, लुईंटेलले ३२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी धर्मराज अधिकारीले २३ मत ल्याए । त्यसैगरि, अर्यालले उम्मेदवारमा सबैभन्दा बढि ३६ मत ल्याएर उपाध्यक्ष विजयी भए । उनका प्रतिष्पर्धी मिलन वाग्लेले जम्मा १९ मत ल्याए । महासचिवमा शेरपुन्जाले ३१ मत र उनका प्रतिष्पर्धी नारायण पौडेल गाउंलेले २४ मत पाए । निर्वाचनमा ७४ मतदातामध्ये ५५ मत खसेको थियो ।
कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिव शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली, भावना परिष्कृत र नृपेश उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष निर्वाचित भएपछि खपांगीले बेलायती मिडियासंग नेपाली पत्रकारहरुको सम्वन्ध विस्तार गरि व्यवसायिक पत्रकारिताको अभ्यासमा इट्टा थप्ने उद्घोष गरेका छन् । उनले बेलायतस्थित नेपाली डायस्पोराका अपेक्षालाई सम्वोधन गर्दै मिडियामार्फत नेपाली समाजलाई सम्वृद्ध बनाउन पहल गर्ने समेत जनाए ।
प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले कार्यसमितिलाई बधाई दिंदै बेलायतका नेपाली पत्रकारहरुले भूकम्प होस् वा अन्य सामाजिक काम, त्यस्तो परिस्थितिमा उल्लेखनीय सहयोग गरेको स्मरण गरे । क्षेत्रीले नेपाली समाजलाई सम्वृद्ध बनाउन पत्रकारिताको भूमिका उल्लेख्य हुने बताउंदै निष्पक्ष र सत्य तथ्यमा आधारित भएर आफ्नो जिम्मेवारी सम्हाल्न नयां कार्यसमितिलाई सुझाए ।
शुभकामना मन्तव्यका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले बेलायतस्थित नेपाली पत्रकारहरुबाट नेपालले धेरै अपेक्षा गरेको उल्लेख गर्दै सधैं नकारात्मक होइन, आलोचनात्मक पत्रकारिता गर्न सुझाए । उनले बेलायतका पत्रकारहरुलाई प्रशिक्षण वा अन्य माध्यमबाट नेपालमा बेलायती पत्रकारिताको सीप भित्र्याउन आग्रह गरे ।
चिरन शर्माको सभापतित्वमा भएको उक्त घोषणा कार्यक्रममा केन्द्रिय उपाध्यक्ष अनिता विन्दु, महासचिव उजिर मगर, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, प्रगतिशील नेपाली समाजका सुरेन्द्र श्रेष्ठ, नेपाली टिभीकी संगीता मरहट्ठा, जेष्ठ सगरमाथा आरोही मीन शेरचन लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
यसअघि भएको बन्द सत्रले कोषाध्यक्ष देवी गौतमको आर्थिक र महासचिव श्याम लुईंटेलको वार्षिक प्रतिवेदन पारित गरेको थियो । उक्त सत्रमा केन्द्रिय अध्यक्ष बिष्ट, उपाध्यक्ष विन्दु, महासचिव मगर, कोषाध्यक्ष सूर्यमणि गौतम, सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेलले प्रेस जगतका विभिन्न आयामबारे बोलेका थिए ।
तस्विर सौजन्यः एभरेष्ट गौतम
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय