लन्डन । बेलायतको जेष्ठ साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नेपालका वरिष्ठ कवि गोपाल पराजुली र कान्तिपुरका बेलायतस्थित संवाददाता एवं नेपाल पत्रकार महासंघ, बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेललाई साहित्यिक पुरस्कार प्रदान गर्ने भएको छ ।
परिषदले विगत चार दशक भन्दा बढि समयदेखि अनवरत नेपाली साहित्यमा लागेर दर्जनौं कृति प्रकाशन गरेका कवि पराजुलीलाई स्वर्ण पदक र विगत डेढ दशकदेखि मुलधारको पत्रकारितामा सक्रिय पोखरेललाई ‘नेपाली साहित्य सिल्भर मेडल’ प्रदान गर्ने निर्णय गरेको हो ।
प्रवासमा उर्वर हुंदै गएको नेपाली साहित्यलाई मुल प्रवाहमा समेट्ने कार्यको शुभारम्भ गरे वापत पराजुलीलाई स्वर्ण पदक र बेलायतमा रहेर करिव एक दशकदेखि पत्रकारिताको माध्यमबाट नेपाली भाषा साहित्यको प्रचार प्रसार एवं सम्वद्र्धन गरेवापत सिल्भर मेडल प्रदान गर्ने निर्णय भएको परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली साहित्यको श्रीवृद्धिका लागि परिषदले स्थापनाकाल सन् १९९५ देखि नै स्वर्ण पदक प्रदान गर्दै आएको छ । स्वर्ण पदकको सट्टा नगद लिन चाहेमा एक लाख रुपैयां दिइने परिषदले जनाएको छ । सिल्भर पदक कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनुर श्रेष्ठ मल्लले सन् २०११ मा आफ्ना बाबु आमाको स्मृतिमा स्थापना गरेका हुन् । पांच तोला चांदीबाट बनेको उक्त पदक सट्टा नगद लिन चाहे बीस हजार रुपैयां परिषदले भुक्तान गर्ने जनाइएको छ ।
नेपाली नयां वर्षमा लन्डनमा एक समारोहबीच पदकहरु प्रदान गरिनेछ ।
एबीआइ कलेज, एक्टन लन्डनमा परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा हालै बसेको वार्षिक बैठकमा पुरस्कार तथा सम्मान समितिका संयोजक वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले उक्त पुरस्कार छनोटका लागि परिषदमा सिफारिस भएर आएका नामहरू निर्णयार्थ पेश गरेपछि बैठकले सर्वसम्मत पारित गरेको थियो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान