लन्डन । बेलायतको जेष्ठ साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नेपालका वरिष्ठ कवि गोपाल पराजुली र कान्तिपुरका बेलायतस्थित संवाददाता एवं नेपाल पत्रकार महासंघ, बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेललाई साहित्यिक पुरस्कार प्रदान गर्ने भएको छ ।
परिषदले विगत चार दशक भन्दा बढि समयदेखि अनवरत नेपाली साहित्यमा लागेर दर्जनौं कृति प्रकाशन गरेका कवि पराजुलीलाई स्वर्ण पदक र विगत डेढ दशकदेखि मुलधारको पत्रकारितामा सक्रिय पोखरेललाई ‘नेपाली साहित्य सिल्भर मेडल’ प्रदान गर्ने निर्णय गरेको हो ।
प्रवासमा उर्वर हुंदै गएको नेपाली साहित्यलाई मुल प्रवाहमा समेट्ने कार्यको शुभारम्भ गरे वापत पराजुलीलाई स्वर्ण पदक र बेलायतमा रहेर करिव एक दशकदेखि पत्रकारिताको माध्यमबाट नेपाली भाषा साहित्यको प्रचार प्रसार एवं सम्वद्र्धन गरेवापत सिल्भर मेडल प्रदान गर्ने निर्णय भएको परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली साहित्यको श्रीवृद्धिका लागि परिषदले स्थापनाकाल सन् १९९५ देखि नै स्वर्ण पदक प्रदान गर्दै आएको छ । स्वर्ण पदकको सट्टा नगद लिन चाहेमा एक लाख रुपैयां दिइने परिषदले जनाएको छ । सिल्भर पदक कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनुर श्रेष्ठ मल्लले सन् २०११ मा आफ्ना बाबु आमाको स्मृतिमा स्थापना गरेका हुन् । पांच तोला चांदीबाट बनेको उक्त पदक सट्टा नगद लिन चाहे बीस हजार रुपैयां परिषदले भुक्तान गर्ने जनाइएको छ ।
नेपाली नयां वर्षमा लन्डनमा एक समारोहबीच पदकहरु प्रदान गरिनेछ ।
एबीआइ कलेज, एक्टन लन्डनमा परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा हालै बसेको वार्षिक बैठकमा पुरस्कार तथा सम्मान समितिका संयोजक वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले उक्त पुरस्कार छनोटका लागि परिषदमा सिफारिस भएर आएका नामहरू निर्णयार्थ पेश गरेपछि बैठकले सर्वसम्मत पारित गरेको थियो ।
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त