लन्डन । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) को नेतृत्वमा बेलायतस्थित बेलायती एवं नेपाली व्यवसायीहरुको एक प्रतिनिधिमण्डल नेपाल जाने अन्तिम तयारीमा छ । आगामी मार्च १४ देखि १७ तारिखसम्म नेपाल भ्रमण गर्न लागेको
१२ सदस्यीय उक्त प्रतिनिधिमण्डलले नेपालमा लगानीको सम्भाव्यता एवं व्यापार व्यवसाय विस्तारको सुक्ष्म अध्ययन गर्ने जनाइएको छ ।
प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघ, ब्रिटिश दूतावास, नेपाल ब्रिटेन च्याम्बर अफ कमर्स र अन्य व्यापारिक प्रतिष्ठानका प्रतिनिधि एवं नेपाली व्यवसायीहरुसंग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षको अवसरमा हुन लागेको सफल व्यवसायीहरुको भ्रमणले दुई देशबीचको सम्वन्ध विस्तार र लगानी एवं व्यापार प्रवर्धनमा सहयोग पुग्ने ठानिएको छ ।
प्रतिनिधिमण्डलमा बीएनसीसीका अनरेरी चिफ एक्जुकेटिभ रिचार्ड पेली, बीएनसीसी अध्यक्ष एवं काठमाण्डूस्थित ब्रिटिश कलेजका सिइओ राजन कंडेल, एभरेष्ट इन ग्रुप यूकेका प्रवन्ध निर्देशक एवं नेपाल पर्यटन वोर्डका मानार्थ यूके जनसम्पर्क अधिकृत पशुपति भण्डारी, स्टिल पुल निर्माण सामाग्रीको अन्तर्राष्ट्रिय उत्पादक कम्पनी माबे ब्रिज लिमिटेडका मार्टिन एन्ड्रियू सामेल हुनेछन् ।
त्यसैगरि, सडक निर्माण र मर्मतमा ख्याति कमाएको ब्रिटिश कम्पनी रोग्टन इन्टरनेशनलका इन्दरजित सिंह, युथ जुस क्रियटिभका एलन फोर्गी र निल कोनेल, स्कटिश फेसन क्रियटिभ नेटवर्कबाट तारा डिक, एडिनबरा नेपाली फिल्म फेस्टिवलका सुसान फोर्गी, एनआरएनए यूके कोषाध्यक्ष एवं वेष्ट प्राइस रिटेल एण्ड होलसेल लिमिटेडका दीपक श्रेष्ठ, डेन्टल सेन्टर लिमिटेडका डा. कपिल रिजाल, मेडिक क्रियसन्स् लिमिटेडका डा. अशोक बन्सल र बिरा केयर होम्स् लिमिटेडका बीपी खनाल भ्रमणमा रहनेछन् ।
हेल्थ केयर पेशामा लामो अनुभव संगालेका खनालका बेलायतमा दुईवटा नर्सिङ होम चालु छन् । खनालले निकट भविष्यमा वृद्धवृद्धालाई लक्षित गर्दै एकसय ५० शैयाको वृद्धाआश्रम, ८० कोठाको चारतारे होटल एण्ड स्पा र ६० कोठाको कटेज रिसोर्ट समेत सञ्चालन गर्ने तयारी भइरहेको जनाए । त्यसैगरि, बेलायतमा नर्सिङ होम, होटल र स्वास्थ्य सम्वन्धि व्यवसाय चलाइरहेका भारतीय मुलका बेलायती धनाढ्य बन्सलले नेपालमा लगानी र बहुराष्ट्रिय कम्पनी भित्र्याउने तयारी गरिरहेको बताएका छन् । डा. रिजालको डेन्टल सर्जरीमा लगानी छ ।
प्रतिनिधिमण्डललाई लन्डनस्थित नेपाली दूतावासको समेत सहयोग छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान