लन्डन । नेपाली गायनका बादशाह राई इज किङ राजेश पायल राईको सांगीतिक श्रृंंखला अन्तर्गत दोश्रो कार्यक्रम आसफोर्ड केन्टस्थित नर्थ स्कुलमा सम्पन्न भएको छ ।
गायक बिसी राई र गंगाराज राईद्वारा आयोजित कार्यक्रममा आसफोर्ड क्यान्टबरी, फोल्कस्टोन, मेड्स्टोन, चाथाम, जिलिङहाम लगायतबाट आएका नेपाली संगीतप्रेमी साथै स्थानीय श्रष्टाहरु गायक भूमिराज राई, सुनिता थेबे, गीतकार इश्वर चाम्लिङ, संजिव पारदर्शी ‘डाइमण्ड लाहुरे’ र संघर्षशील नायिका इतिसा नेम्वाङ लगायतको उत्साहजनक उपस्थिति थियो ।
पहिलो चरणमा मार्मिक गीतबाट गायन शुरु गरेका गायकले दोश्रो चरणमा प्राय सबै फास्टबिटका गीत गाएर दर्शकहरुलाई नाच्न वाध्य तुल्याए ।
उक्त सांगीतिक कार्यक्रममा गायक राईले नाई नभन्नु ल २, नाई नभन्नु ल ४, फुलै फुलको मौसम तिमीलाई, राम प्यारी, दिक्तेल बजार, तिम्रो मुस्कान, नमाग म संग, छैन तिमी बाहेक, नौ जाले मायाले, धरान धनकुटा भेडेटार, ओखरे साइला, बसमा छैन मेरो मन, सागर सरी… लगायत दुई दर्जन जति गीत प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिलाए । गायकले उपस्थित सबै दर्शक साथै आयोजकहरुलाई धन्यवाद समेत दिए ।
उनले बीच बीचमा ठट्टा गर्दै उनले आफूलाई १९ वर्ष भन्दा बढि उमेरको गन्ती नआउने भएकाले संधै १९ वर्षको जवान रहन सफल रहेको भन्दै उपस्थित दर्शकलाई हंसाएका थिए । राईले गीत संगीत कहिल्यै पुरानो नहुने बताउंदै नारायण गोपाल, भक्त राज आचार्यहरुको गीत उत्तिकै लोकप्रिय र सुमधुर रहेको सुनाए । माया प्रेमका गीतहरु चाहिं अलिक दिगो नहुने ठट्टयौली पनि उनले गरे ।
बिहे र माया प्रेमको बिषय कोट्याउंदै उनले मन परेको देखे पनि भेट्न नसकेको, भेट हुनेहरु कसैको उमेर सानो त कसैसंग मनको कुरा खोल्न नसकेकाले जोडी बनाउन अझै सफल नभएको राईले खुलासा गरेका थिए । स्थानीय गायक गुमानसिंह माक्खिम राईको प्रस्तुतिसंगै कार्यक्रमको सुरुवात गरिएको थियो ।
गायक तथा आयोजक गंगाराज राईले सञ्चालन गरेको उक्त कार्यक्रमका सहभागीले कार्यक्रमबाट भरपुर मनोरन्जन लिन पाएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।
मिनी वल्र्ड टुरका लागि निस्किएका गायक राईले यस अघि मलेसिया र साइप्रसमा कार्यक्रम गरेका थिए । उनी बेलायतको कार्यक्रम सकेर हङकङ प्रस्थान गर्ने आयोजकले जनाएका छन् ।
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त