काठमाडौँ, ११ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नवनिर्वाचित पदाधिकारीलाई आज जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
पुरानो कमिटीका तर्फबाट अध्यक्ष किशोरविक्रम मल्लले नवनिर्वाचित अध्यक्ष नवीना लामालाई पद हस्तान्तरण गर्नुभएको हो ।
नयाँ कमिटीका तर्फबाट १४२ सदस्यीय कमिटीका हाल काठमाडौँँमा उपलब्ध भएका सबै पदाधिकारीले आज पदबहाली गर्नुभएको छ । अनेरास्ववियुको माघ २८ देखि फागुन ९ गतेसम्म भएको २२औँ राष्ट्रिय सम्मेलनबाट लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
नेकपा (एमाले) को विद्यार्थी फाँटका इन्चार्ज रवीन्द्र अधिकारीले अब मुलुकमा समृद्ध नेपालका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने खालको शिक्षा प्रणाली अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले कुनै पनि क्षेत्रबाट राष्ट्र निर्माणमा लाग्न सकिने शिक्षा अबको पुस्तालाई सिकाउनुपर्नेमा जोड दिँदै राजनीति, कूटनीति, प्रशासन, कृषि, उद्योगका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि अनेरास्ववियुले अन्य विद्यार्थी सङ्गठन तथा विकास सम्बद्ध संस्थासँग समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
रामकुमारी झाँकी पछि नवनिर्वाचित दोस्रो महिला अध्यक्ष लामाले देशमा गुणस्तरीय र व्यावसायिक शिक्षा कायम गराउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ