लन्डन । बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा एक च्यारिटी गरि भूकम्पले क्षतिग्रस्त गोरखाको स्कुललाई सहयोग गरेको छ ।
सोमबार सांझ आयोजित च्यारिटीबाट संकलित रकम साढे ६ लाख रुपैयां (४ हजार ६० पाउण्ड) भूकम्पले क्षतिग्रस्त गोरखाको महेन्द्र लिला उच्च माविलाई प्रदान गरिएको रेष्टुरेन्ट सञ्चालक एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले जानकारी दिए । उनले स्वागत मन्तव्यका क्रममा सहयोगदाता, नियमित ग्राहक र कर्मचारीप्रति आभार व्यक्त गरे ।
स्थापना भएयता प्रत्येक वर्ष च्यारिटी गर्दै आएको रेष्टुरेन्टले गत वर्ष भूकम्प लगत्तै प्रधानमन्त्री राहत कोष र एनआरएनए मार्फत १६ लाख रुपैयां (१० हजार ५० पाउण्ड) प्रदान गरेको थियो ।
कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, स्थानीय सांसद सर जेराल्ड होवार्थ (पूर्वमन्त्री), रसमोर बरो काउन्सिल मेयर मार्टिन टेनेन्ट लगायत करिब ८० जना विदेशी नियमित ग्राहक सहभागी थिए ।
रेष्टुरेन्ट प्रोपाइटर श्रीमति बबिता गुरुङले सञ्चालन गरेको उक्त च्यारिटीमा कार्यवहाक राजदूत क्षेत्रीले भूकम्पपछि रेष्टुरेन्टसंग संयुक्त काम गर्न पाएको स्मरण गर्दै समुदायमा उल्लेखनीय काम गरेको चर्चा गरे । सांसद होवार्थले लिलाम बढाबढका लागि सामाग्री प्रदान गर्दै रेष्टुरेन्टको सामाजिक कामको प्रशंसा गरे । रसमोर बरो काउन्सिल मेयर मार्टिन टेनेन्टले रेष्टुरेन्टको च्यारिटी काम र प्रतिष्ठाको खुलेरै प्रशंसा गरे ।
सहभागीलाई खाना, पेय पदार्थ निशुल्क दिइएको उक्त च्यारिटीमा बिंगो, राफल चिट्ठा र लिलाम बढाबढबाट रकम संकलन गरिएको हो । लिलाम बढाबढ विदेशी ग्राहकले नै गरेका थिए ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय