काठमाडौँ, १० फागुन । पौष शुक्लपूर्णिमादेखि स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज सोमबार माघ शुक्लपूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् ।
पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवसहित स्वस्थानी देवीको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
“स्कन्द पुराणको केदार खण्ड, माघ महात्म्यको कुमार र अगस्त्यबीचको संवाद भएको प्रसङ्गलाई स्वस्थानीका रुपमा माघ महिनामा घरघरमा वाचन गर्ने परम्परा नेपाली समाजमा छ, । यहाँ वर्णन गरिएका धेरै स्थान नेपालकै भएकाले पनि स्वस्थानी नाम दिइएको हो, यो व्रत गरेमा मनले चिताएको कुरा पूरा हुन्छ भन्ने मान्यता छ”– धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका प्रा डा रामचन्द्र गौतमले भने ।
आजका दिन १०८ जनै, सुपारी, रोटी, फूल, अक्षतालगायत सामग्री स्वस्थानीलाई चढाउने विधि रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् विष्णुको निर्देशनमा स्वस्थानी देवीको व्रत गरी श्रीमहादेव पति पाएको विश्वास छ ।
स्वस्थानी समापन गर्ने माघ शुक्ल पूर्णिमाका दिन साँखुस्थित शालीनदीमा अश्वमेध यज्ञसमेत गरिन्छ । शालीनदीमा आजै एकमहिने माधवनारायणको मेलासमेत समापन गरिन्छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने