काठमाडौँ, १० फागुन । पौष शुक्लपूर्णिमादेखि स्वस्थानी व्रत बसेका श्रद्धालु भक्तजनले आज सोमबार माघ शुक्लपूर्णिमाका दिन उद्यापन (साङ्गे) गरी व्रत पूर्ण गर्दैछन् ।
पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवसहित स्वस्थानी देवीको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
“स्कन्द पुराणको केदार खण्ड, माघ महात्म्यको कुमार र अगस्त्यबीचको संवाद भएको प्रसङ्गलाई स्वस्थानीका रुपमा माघ महिनामा घरघरमा वाचन गर्ने परम्परा नेपाली समाजमा छ, । यहाँ वर्णन गरिएका धेरै स्थान नेपालकै भएकाले पनि स्वस्थानी नाम दिइएको हो, यो व्रत गरेमा मनले चिताएको कुरा पूरा हुन्छ भन्ने मान्यता छ”– धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका प्रा डा रामचन्द्र गौतमले भने ।
आजका दिन १०८ जनै, सुपारी, रोटी, फूल, अक्षतालगायत सामग्री स्वस्थानीलाई चढाउने विधि रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले भगवान् विष्णुको निर्देशनमा स्वस्थानी देवीको व्रत गरी श्रीमहादेव पति पाएको विश्वास छ ।
स्वस्थानी समापन गर्ने माघ शुक्ल पूर्णिमाका दिन साँखुस्थित शालीनदीमा अश्वमेध यज्ञसमेत गरिन्छ । शालीनदीमा आजै एकमहिने माधवनारायणको मेलासमेत समापन गरिन्छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ