
नयाँदिल्ली, ८ फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।
भ्रमण दलमा सहभागी मन्त्रीगणसहितको सो भेटमा राष्ट्रपति मुखर्जीले आफ्नो मुलुकमा भ्रमण गरेको र आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकामा स्वागत गर्दै आभार प्रकट गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले उहाँको न्यानो आतिथ्यताका लागि धन्यवाद दिँदै उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । भेटमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, उपप्रधानममन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत हुनुहुन्थ्यो ।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै उपराष्ट्रपति हमिद अन्सारीसँग ६ मौलाना आजाद सडकस्थित उहाँको निवासमा शिष्टाचार भेट गर्नुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार