
लन्डन । नेपालको ओखलढुंगाबाट आई बेलायत बसोबासरत ओखलढुंगावासीहरुको वृहत भेला आगामी मे २१ तारिख हुने भएको छ । विगत ६ वर्षदेखि प्रत्येक वर्ष आयोजना हुंदै आएको जिल्लावासीहरुको भेला गत वर्ष औपचारिक रुपमा ओखलढुंगा जिल्ला समाज गठन भएपछि वृहत रुपमा गर्न लागिएको हो ।
ओखलढुंगा जिल्ला समाज, यूकेका अध्यक्ष क्याप्टेन (रि) नानीबाबु मगरको अध्यक्षतामा शनिवार लन्डनको मोडर्नमा बसेको समितिको पूर्ण बैठकले सो वार्षिक कार्यक्रम आयोजना लगायत अन्य विषयमा विभिन्न निर्णय गरेको छ ।
समरको शुरुवातसंगै गर्न लागिएको उक्त भेलामा बालबच्चाहरुका लागि शिक्षामुलक एवं मनोरन्जनात्मक कार्यक्रम तथा महिलाहरुका लागि समेत मनोरन्जनात्मक कार्यक्रम राखिएको समाजका अध्यक्ष मगरले जनाए । सो भेलामा बेलायतभरका करिव ५०० ओखलढुंगेहरुको जमघट हुने अनुमान गरिएको कार्यक्रम संयोजक कृष्ण गोपाल गुरुङले बताएका छन् ।
उक्त भेलामा मनोरन्जनात्मक कार्यक्रमको संयोजन समिति सदस्य मोती सुनुवारले गर्ने समितिका महासचिव नारायण गुरुङले बताए ।
गत वर्ष नेपालमा गएको महाभूकम्पका बेला पनि ओखलढुंगा जिल्ला समाजले रुम्जाटार सोसाइटी यूके मार्फत ओखलढुंगाका भूकम्प पीडितहरुलाई सहयोग पुर्याउनुका साथै अब ओखलढुंगास्थित सामुदायिक अस्पतालमा रहेको रक्त संचार केन्द्रमा अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउन लागिएको समाजका सल्लाहकार (पूर्व डिएसपी) शिवजी श्रेष्ठले जनाए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा