
लन्डन । समान पेन्सन सहित अन्य हक अधिकारका लागि आन्दोलनरत भूपू गोर्खाहरुलाई ब्रिटिश भेट्रानहरुले पनि साथ दिने भएका छन् । भूपू गोर्खाहरुलाई अन्याय भएको ठहर गर्दै उनीहरुले आफूहरु सरह पेन्सन र अन्य सुविधा दिन बेलायत सरकारसंग माग समेत गरेका छन् । भूपू गोर्खाले आफूहरुलाई लडाईंमा साथ नदिएको भए अहिले आफ्नो अस्तित्व समेत नरहने ब्रिटिश भेट्रानहरुको निष्कर्ष छ ।
आफ्ना मागबारे दवाव दिन शनिवार बिहान भूपू गोर्खाहरु र ब्रिटिश भेट्रानको संयुक्त प्रदर्शनी भएको छ । सेन्ट्रल लन्डनको ह्वाइट हल क्षेत्रमा प्रदर्शनी आयोजना गरिएको हो । ब्रिटिश भेट्रानहरुको पनि पेन्सनका केही मुद्दामा असन्तुष्टि छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले शनिवार नै बेलायतका विभिन्न ११ शहरमा ब्रिटिश भेट्रानहरुको यस्तो प्रदर्शन गरिएको जनाए । गोर्खाहरुले भने लन्डन र वेल्स् मा आयोजित प्रदर्शनमा सहभागिता जनाएका थिए ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना माग सम्वोधन नभए यही अप्रिलमा फेरि आमरण अनसन बस्ने चेतावनी दिएको छ ।
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]