काठमाडौँ, ८ फागुन । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले राजनीतिक संयन्त्रको कार्यविधि र क्षेत्राधिकार प्रस्ट भएमा मोर्चा त्यसमा सहभागी हुन सक्ने बताउनुभएको छ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रमुख घटक तमलोपा अध्यक्ष ठाकुरले समझदारीमा संयन्त्रमा जान सकिने सङ्केत गर्नुभएको हो ।
सरकारले प्रदेश सीमाङ्कन लगायत विषय टुङ्गो लगाउन गत बिहीबार ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय एकतर्फी रहेको भन्दै मोर्चाले असहमति जनाउँदै आएको थियो ।
रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा अध्यक्ष ठाकुरले भन्नुभयो–“राजनीतिक संयन्त्रको कतिपय कुरामा मोर्चाको समझदारी रहे पनि सरकारले एकतर्फी रुपमा संयन्त्र गठन ग¥यो । संयन्त्रको कार्यविधिबारे कुरा मिल्यो भने हामी जान्छौँ ।”
आफूहरुले वार्ता र संवादबाटै समस्या समाधान गर्न चाहेको उल्लेख गर्दै उहाँले माग सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
“हामी वार्ता र संवादको प्रक्रियाबाट भागेका छैनाँै । शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी छ, चाँडै मोर्चाको बैठक बसेर आन्दोलनका नयाँ कार्यक्रम ल्याउछौँ,”उहाँले भन्नुभयो ।
एक प्रसङ्गमा ठाकुरले प्रधानमन्त्रीको भारत भ्रमण र भारतमा भएको सत्कार राम्रो भए पनि दुई देशबीच भएका सहमति र समझदारी सामान्य प्रकृतिको भएको टिप्पणी गर्नुभयो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा