
काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले पार्टीमा पछिल्लो समयमा भागबण्डाको प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई आफ्नो नेतृत्वमा अन्त्य गर्ने बताउनुभएको छ ।
काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा कावा सभापति पौडेलले आज आफ्नो सम्पर्क कार्यालय अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले संसदीय दलको नेता र पार्टीको नीति तथा प्रशिक्षण विभागको नेतृत्व गरी पार्टीलाई मजबुत बनाउने काम गरेको जिकिर गर्नुभयो । उहाँले आफू सदैव लोकतन्त्र र मुलुकको आदर्श राजनीतिका पक्षमा अडिग गरेको उल्लेख गर्नु भयो ।
पार्टीमा भागबण्डा र गुटगत राजनीति अन्त्य गर्ने बताउँदै कावा सभापति पौडेलले सबैलाई मिलाएर केही दिनमा नै सभापतिमा उम्मेदवारीको औपचारिक घोषणा गर्ने जानकारी गराउनुभयो । पार्टीमा आफूले धेरै त्याग गरेको दाबी गर्दै कावा सभापति पौडेलले काँगे्रसलाई सशक्त र सक्षम बनाउन आफ्नो नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो ।
पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन कावा सभापति पौडेलले तयारी थाल्नुभएको छ ।
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित