
काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकका समस्या समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आफ्नो नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ ।
काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा नेता देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूमा निर्णय क्षमता रहेकाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताउनुभयो ।
मुलुकलाई समावेशी चरित्रको बनाउन आफू नेतृत्वको सरकारले नै सबै जातजाति, महिला र पिछडिएका क्षेत्रको लागि आयोग बनाएको चर्चा गर्दै नेता देउवाले संविधानको कार्यान्वयनका लागि पनि मुलुकको सबैभन्दा ठूलो दल काँग्रेसमा आफ्नो नेतृत्वको खाँचो रहेको औँल्याउनुभयो ।
पार्टीमा आफूलाई नेताहरु बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाले समेत माया र विश्वास गरेको अवगत गराउँदै नेता देउवाले कावा सभापति रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको जिम्मेवारी दिन आफू तयार रहेको बताउनुभयो ।
नेता देउवाले पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आउनुभएको छ । सभापति सुशील कोइरालाको असमायिक निधनपछि काँग्रेसको भावी नेतृत्वका लागि नेता देउवासँगै कावा सभापति पौडेल प्रमुख दाबेदारका रुपमा देखिनुभएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त