पोखरा, ६ फागुन । नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यही फागुन १५ देखि २२ गतेसम्म पोखरामा प्याराग्लाइडिङ प्रि वर्ल्ड कप प्रतियोगिता आयोजना गरिने भएको छ ।
मनोरञ्जनात्मक एवम् साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा नेपालसहित ३५ राष्ट्रका १५० जना प्याराग्लाइडिङ पाइलटले भाग लिने संस्थाका अध्यक्ष सोभित बानियाँले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
पोखराको सराङ्कोटबाट प्रतियोगिताका सहभागी प्याराग्लाइडिङ पाइलट उड्ने र फेवातालको किनार खपौदीमा अवतरण गर्ने कार्यक्रम छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ५६ लाख ८० हजार खर्च लाग्ने र उक्त रकम संस्थाका सदस्य कम्पनी, नेपाल पर्यटन बोर्ड र सहभागिता शुल्कबाट व्यहोरिने बताइएको छ ।
प्रतियोगिताका विजयी पाइलटलाई नगद पुरस्कारबाट पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति पनि गठन गरिएको छ । संस्थाले विगत १६ वर्षदेखि निरन्तररुपमा नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त