पोखरा, ६ फागुन । नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यही फागुन १५ देखि २२ गतेसम्म पोखरामा प्याराग्लाइडिङ प्रि वर्ल्ड कप प्रतियोगिता आयोजना गरिने भएको छ ।
मनोरञ्जनात्मक एवम् साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा नेपालसहित ३५ राष्ट्रका १५० जना प्याराग्लाइडिङ पाइलटले भाग लिने संस्थाका अध्यक्ष सोभित बानियाँले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
पोखराको सराङ्कोटबाट प्रतियोगिताका सहभागी प्याराग्लाइडिङ पाइलट उड्ने र फेवातालको किनार खपौदीमा अवतरण गर्ने कार्यक्रम छ ।
प्रतियोगिता सम्पन्न गर्न रु ५६ लाख ८० हजार खर्च लाग्ने र उक्त रकम संस्थाका सदस्य कम्पनी, नेपाल पर्यटन बोर्ड र सहभागिता शुल्कबाट व्यहोरिने बताइएको छ ।
प्रतियोगिताका विजयी पाइलटलाई नगद पुरस्कारबाट पनि पुरस्कृत गरिने कार्यक्रम संयोजक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति पनि गठन गरिएको छ । संस्थाले विगत १६ वर्षदेखि निरन्तररुपमा नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आएको छ ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित