काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन समारोह स्थानीय खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।
दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
“यसअघि महाधिवेशनको उद्घाटन समारोह दशरथ रङ्गशालामा गर्ने भनिए पनि खुलामञ्चमा गर्न उचित हुने सुझाव आएपछि आज निरीक्षण गरिएको छ, खुलामञ्च नै उद्घाटनका लागि उपयुक्त छ भन्ने निष्कर्षमा पदाधिकारी पुगेका छन्”–निरीक्षणपछि रासससँग कुरा गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने ।
सभापति सुशील कोइरालाको गत माघ २६ गते निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो । काँग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि आज पहिलो पटक औपचारिक बैठक बसेको थियो ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, निर्वाचन, स्वयम्सेवकलगायत विषयमा छलफल भएको र महाधिवेशन उद्घाटनको एक साता अगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णय समेत भएको केन्द्रीय सदस्य जोशीले जानकारी दिए । सभापति कोइरालाको आकस्मिक निधनले केही दिन महाधिवेशन तयारीका काममा बाधा पुगे पनि यही फागुन २० गते उद्घाटन गर्न भ्याउने गरी काम अघि बढेको काँग्रेसले जनाएको छ ।
बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन सबैको सहमतिमा सम्पन्न हुने विश्वास व्यक्त गरे । आजको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा पनि सामान्य छलफल भएको छ ।
कावा सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलालगायत नेता, उपलब्ध केन्द्रीय सदस्य एवम् तयारी गर्न गठन गरिएका १३ समितिका संयोजकको सहभागिता थियो ।
यसैबीच, नेपाली काँग्रेसको काठमाडौँ जिल्ला अधिवेशन आगामी फागुन ४ र ५ गते हुने भएको छ । नेपाली काँग्रेस काठमाडौँका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रिया फागुन ४ गतेबाट थालिने र मतदान ५ गते गर्ने निर्णय गरेको हो ।
काँग्रेस काठमाडौँका निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले फागुन ४ गते उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गर्ने र ५ गते बिहान ८ बजेदेखि १२ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
माघ २६ मा हुने भनिएको जिल्ला अधिवेशन केन्द्रीय सभापति सुशील कोइरालाको निधन भएपछि स्थगित भएको थियो ।
काठमाडौँको जिल्ला अधिवेशनमा एक हजार २७३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा