
काठमाडौँ, २८ माघ । सरकारले ६६औँ प्रजातन्त्र दिवस–२०७२ का अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले सम्बन्धित निकाय तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलका क्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकमा लोकतान्त्रिक संविधान जारी भइसकेका अवस्थामा यसपटकको प्रजातन्त्र दिवसका अवसरमा संविधानको कार्यान्वयन पक्षलाई प्राथमिकता दिइने बताउनुभयो ।
‘प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमिति संयोजकसमेत रहनुभएका मन्त्री राईले फागुन ६, ७ र ८ गते तीनदिनसम्म प्रजातन्त्र दिवसलाई व्यापक प्रचारप्रसार र रचनात्मक ढङ्गले विभिन्न कार्यक्रमका साथ मनाइने जानकारी दिनुभयो ।
मन्त्रालयले प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक रेडियो प्रसारक सङ्घ, उपत्यका रेडियो प्रसारक सङ्घलगायतलाई प्रजातन्त्र दिवससम्बन्धी सन्देश प्रसारण गर्न आग्रह गरेको छ ।
राष्ट्रिय समाचार समितिलाई प्रजातन्त्र दिवससम्बन्धी समाचार सङ्कलन गरी वितरण र प्रजातन्त्रसम्बन्धी लेख रचना वितरण गर्न भनिएको छ ।
त्यसैगरी प्रजातन्त्र दिवसका अवसरमा रेडियो नेपाल, नेपाल टेलिभिजन तथा अन्य रेडियो र टेलिभिजनलाई प्रत्यक्ष प्रसारण गर्न भनिएको छ । नेपाल चलचित्र विकास बोर्डले प्रभातफेरीको आयोजना गर्नेछ । गोरखापत्रलगायत अन्य छापामाध्यमले प्रजातन्त्र दिवससम्बन्धी समाचार, लेख रचना प्रकाशन गर्नुपर्नेछ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त