काठमाडौँ, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री नरहरि आचार्यको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको छ ।
आज साँझ न्युरो अस्पताल बाँसबारी पुगेर प्रधानमन्त्री ओलीले आचार्यको स्वास्थ्य अवस्था, उपचार प्रक्रियाका बारेमा जानकारी लिनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेता आचार्यको स्वास्थ्य उपचारमा विशेष ध्यान दिनसमेत अस्पताल प्रशासन र उपचारमा सङ्लग्न चिकित्सकलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले पूर्व मन्त्री आचार्यको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभयो र उपचारमा विशेष सक्रियता अपनाउन अस्पताल प्रशासनलाई आग्रहसमेत गर्नुभयो”–प्रेस संयोजक अधिकारीले भन्नुभयो ।
यसैबीच उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार, नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल, नेपाली काँग्रेसका नेता गगन थापाले पनि नेता आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा