काठमाडौँ, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री नरहरि आचार्यको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिनुभएको छ ।
आज साँझ न्युरो अस्पताल बाँसबारी पुगेर प्रधानमन्त्री ओलीले आचार्यको स्वास्थ्य अवस्था, उपचार प्रक्रियाका बारेमा जानकारी लिनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेता आचार्यको स्वास्थ्य उपचारमा विशेष ध्यान दिनसमेत अस्पताल प्रशासन र उपचारमा सङ्लग्न चिकित्सकलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले पूर्व मन्त्री आचार्यको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभयो र उपचारमा विशेष सक्रियता अपनाउन अस्पताल प्रशासनलाई आग्रहसमेत गर्नुभयो”–प्रेस संयोजक अधिकारीले भन्नुभयो ।
यसैबीच उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार, नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल, नेपाली काँग्रेसका नेता गगन थापाले पनि नेता आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?