काठमाडौँ, २६ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनबाट सिङ्गो निजी क्षेत्र मर्माहत भएको जनाएको छ ।
महासङ्घले आज शोक वक्तव्य जारी गरी निजी क्षेत्रका हिमायती कोइराला मुलुकको आर्थिक विकासका लागि सदा चिन्तित हुनुहुन्थ्यो भनेको छ । नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेर असाधारण योगदान पुरयाउनुभएका कोइरालाको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताउँदै महासङ्घले मुलुकको आर्थिक विकासमा लाग्न निजी क्षेत्रलाई सदैव प्रेरित गर्ने व्यक्ति देशले गुमाएको जनाएको छ ।
एकता, सहमति, सहकार्य र मेलमिलापको राजनीतिमा सदा जोड दिँदै आउनुभएका कोइराला त्यसैलाई अनुसरण गरी मुलुकलाई अगाडि बढाउनुपर्नेमा सदैव लाग्नुभएको स्मरण गर्दै महासङ्घले संविधान जारी गर्न उहाँले निर्वाह गर्नुभएको भूमिकाको उच्च प्रशंसा गरेको छ ।
महासङ्घले संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जिम्मेवारी अब राजनीतिक दलका शीर्ष नेताको काँधमा आएको र त्यसलाई समयमै जिम्मेवारीपूर्वक सम्पन्न गरी राष्ट्रलाई समृद्ध बनाउने नेता कोइरालाको सपना साकार पार्न प्रमुख राजनीतिक दलका नेतालाई आह्वान गरेको छ ।
महासङ्घले स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा