काठमाडौँ, २५ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्ना भारतीय समकक्षी अरुण जेट्लीबीच आज भएको भेटवार्तामा अब भारतका निजी र सार्वजनिक लगानीकर्ताहरुले नेपालको उत्पादनशील क्षेत्रमा लगानी गर्न नेपालमा राम्रो वातावरण बनेको बताउनुभयो ।
मानसिंह रोडस्थित होटल ताजमा भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले गत वैशाखमा नेपालमा गएको भूकम्पमा भारत सरकार र भारतीय जनताले गरेको उद्धार सहयोग र पुनःनिर्माणमा दिइएको प्रतिज्ञाप्रति धन्यवाद व्यक्त गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सो अवसरमा भारतीय अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणको योजनामा नेपाल अघि बढेकाले आवश्यक आर्थिक स्रोत एवम् सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।
भारतीय अर्थमन्त्रीले भारत सरकारले उपलब्ध गराउने वचन दिएको ऋण सहायता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग राशि एवम् भूकम्पछि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतानुसार अगाडि बढ्न तयार रहेको उल्लेख गर्नुभएको थियो ।
नेपालको आवश्यकता र प्राथमिकतानुसार भौतिक पूर्वाधारका क्षेत्रमा सहायता उपलब्ध गराउन समेत भारत सरकार तयार छ भन्दै अर्थमन्त्री पौडेलसँगको भेटमा उहाँका समकक्षी जेट्लीले दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभएको जनाइएको छ ।
आइतबार त्यसतर्फ जानुभएका अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरिसक्नुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग