
जिरी, २५ माघ । दोलखाको जिरीमा पुनः हिमपात भएको छ । यसअघि माघ १२ गते पनि जिरी क्षेत्रमा हिमपात भएको थियो । आज बिहानदेखि परेको वर्षसँगै दिउँसो १२ बजेदेखि जिरी र आसपासको क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमपातका कारण जिरीबाट विभिन्न ठाउँका लागि छुट्नु पर्ने यात्रुबाहक बस पनि प्रभावित बनेको छ । जिरीबाट रामेछापको बाम्तीभण्डार, प्रितीलगायतका क्षेत्रका लागि छुटेका यात्रुबाहक बस रामेछापको ठोसेमा रोकिएको छ भने जिरीबाटै दोलखाको श्यामा र मालीको लागि छुट्नु पर्ने यात्रुबाहक बस पनि जिरी बजारमा नै रोकिएको छ ।
हिमपातपछि अत्यधिक चिसोका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ भने विद्यालय पनि आज बन्द भएको छ । गत वैशाखको भूकम्पपछि जस्तापाता र त्रिपालको अस्थायी टहरामा बसोबास गर्दै आएका सर्वसाधारणको जनजीवन बढी प्रभावित बनेको हो । चिसोबाट बच्नका लागि सर्वसाधारणले आगो बालेर दिनभर घरभित्र नै बसेका छन् ।
जिरीको खावा, हनुमान्ते, च्योदुङ पटासे, ठूलोढुङ्गा, माली, श्यामा र रामेछापको तामेडाँडा, ठोसे, देउराली शेर्दिङ, गुम्देल गर्जाङलगायतको क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग