काठमाडौँ काँग्रेसमा संस्थापनकै तीन, सभापतिमा चार

 nc

काठमाडौँ, २४ माघ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा सोमबार हुने जिल्ला अधिवेशनमा काठमाडौँमा संस्थापन पक्षबाटै तीनजना सभापति उम्मेदवार हुनुहुने भएको छ ।

काँग्रेसको १२औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका सांसद भीमसेनदास प्रधान फेरि सभापति लड्नुहुने भएको छ भने महामन्त्री प्रकाशमानसिंह निकट सबुज बानियाँ पनि सभापति लड्दै हुनुहुन्छ । बानियाँलाई आज काठमाडौँ निर्वाचन क्षेत्र नं १, ३, ४, ५, ७, ८ र १० का सभापतिको भेलाले काठमाडौँ सभापतिको उम्मेदवार घोषणा गरेको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो ।

“यो समूहले सचिवमा क्षेत्र नं १० का महाधिवेशन प्रतिनिधि राजकुमार नकर्मी र कोषाध्यक्षमा क्षेत्र नं ३ का महाधिवेशन प्रतिनिधि गोविन्द पुडासैनीलाई उठाउने निर्णय गरेको छ”–उहाँले भन्नुभयो ।

प्रधान ६ नं क्षेत्रका सांसद हुनुहुन्छ भने बानियाँ त्यही क्षेत्रबाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेता हुनुहुन्छ । देउवा समूहबाट क्षेत्र नं ४ का महाधिवेशन प्रतिनिधि नरोत्तम वैद्य सभापति उठ्नुहुने भएको छ ।

काँग्रेसमा समूहको राजनीति अन्त्य गरिनुपर्ने मुद्दा लिएर क्षेत्र नं ८ का महाधिवेशन प्रतिनिधि राजुराज जोशी उठ्नुहुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । जोशीको समूहको सचिवमा क्षेत्र नं २ का हरिचन्द्र श्रेष्ठ र कोषाध्यक्षमा क्षेत्र नं ९ की सिरिमिला सुवालको समूह घोषणा गरिएको छ । जोशी पनि संस्थापन समूहकै नेता हुनुहुन्छ ।

काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा शुक्रबार र शनिबार सम्पन्न काठमाडौँको क्षेत्रीय अधिवेशनले १२० जना महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ ।

काठमाडौँका नौ निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन भएको थियो भने क्षेत्र नं ७ मा शनिबार निर्वाचन कार्यक्रम भएको थियो । काठमाडौँ–१ को क्षेत्रीय सभापतिमा प्रकाश राणा निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमा सांसद मोहनकुमार राई, सुरजचन्द्र लामिछाने, हरिबोल भट्टराई, लीलेन्द्रप्रसाद प्रधान, शान्ता ढकाल, ऋषिराज आचार्य, कल्याणकुमार पाण्डे, इन्द्र थापा, कुबेर रम्तेल, अर्जुनबहादुर श्रेष्ठ र अनिता निराला निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं २ को सभापतिमा उपेन्द्र कार्की निर्वाचित हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमा सांसद दीपकप्रसाद कुइँकेल, प्रतिमा गौतम, लोकेश ढकाल, दीपक थापा, रामशरण ढुङ्गाना, उद्धव खड्का, जयराम पुडासैनी, पवित्रा लामिछाने, आनन्दबहादुर श्रेष्ठ, कान्छाबहादुर दुलाल र नहकुल थापा छानिनुभएको छ ।

क्षेत्र नं ३ को सभापतिमा सन्तोष चालिसे, महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी, गोविन्द पुडासैनी, कृष्णजी खड्का, दुर्गा बराल, विमल ठकुरी, दीपक रिसाल, गजेन्द्र लामा, लता घिमिरे, विष्णुदेवी पुडासैनी, अनिलध्वज कार्की र राजु सुनार निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं ४ को सभापतिमा राजु श्रेष्ठ, महाधिवेशन प्रतिनिधिमा नरोत्तम वैद्य, आत्माराम पौडेल, ल्हाक्पा लामा, विमल भित्राकोटी, जानुका घिमिरे, अनारदेवी बस्नेत, चिरञ्जीवीनिधि तिवारी, कर्माछिरिङ शेर्पा, साधुराम खड्का, सैलेश सिटौला र सुशील नाहटा निर्वाचित हुनुभएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा रमेश खड्का सर्वसम्मत निर्वाचित हुनुभएको थियो भने महाधिवेशन प्रतिनिधिमा प्रेमबहादुर खड्का, दामोदर खड्का, श्यामबहादुर खड्का, सागर खनाल, मनिष जोशी, राजेन्द्र महर्जन, भीमसेन खत्री, गङ्गा सुनुवार, कृष्णकुमार बस्नेत, अपला गुरुङ र रामेश्वर केसी छानिनुभएको छ ।

क्षेत्र नं ६ को सभापतिमा श्यामकृष्ण खड्गी, महाधिवेशन प्रतिनिधिमा काठमाडौँ सभापति भीमसेनदास प्रधान, हरिहर अधिकारी, इन्द्रमान महर्जन, सबुज बानियाँ, वर्षाराम भण्डारी, मुरारी तामाङ, हरिप्रभा श्रेष्ठ (खड्गी), जीवन डङ्गोल, अर्जुन नेपाली, रामप्रसाद महर्जन र मोहम्मद निजामुद्दिन निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल सर्वसम्मत हुनुभएको छ भने महाधिवेशन प्रतिनिधिमा श्यामलाल श्रेष्ठ, सुदर्शन आचार्य, प्रशान्तमानसिंह मास्के, पुष्पमान मानन्धर, सुरेन्द्रबहादुर श्रेष्ठ, कृष्णदास श्रेष्ठ, अञ्जुसिंह चौधरी, प्रतिमा लामा, प्रमिलासिंह (डङ्गोल), कमला राजभण्डारी र सन्तोष दमाई निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं ८ मा जुद्धरत्न बज्राचार्य सभापति र महाधिवेशन प्रतिनिधिमा सांसद राज्यलक्ष्मी श्रेष्ठ, मोहन बस्नेत, राजुराज जोशी, रवीन्द्रलाल श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, नेविनमान श्रेष्ठ, विजयगोपाल श्रेष्ठ, कृष्ण अमात्य, विमला छतुङ्गेल, नवीन चित्रकार र अरुण मानन्धर निर्वाचित हुनुभएको छ ।

क्षेत्र नं ९ को सभापतिमा जयकृष्ण महर्जन, महाधिवेशन प्रतिनिधिमा सांसद ध्यानगोविन्द रञ्जित, चिनीहेरा शाक्य, रीता दवाडी, सुमन श्रेष्ठ, धनराज गौतम, दामोदर गौतम, राजन केसी, मीनबहादुर मानन्धर, सैलेश कर्माचार्य, रामपवित्र ठाकुर र सुरेश परियार छानिनुभएको छ ।

क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन र महाधिवेशन प्रतिनिधिमा सांसद राजेन्द्रकुमार केसी, राजकुमार नकर्मी, दीपेन्द्र आचार्य, बद्रीलाल महर्जन, धर्मराज केसी, श्याम कार्की, अम्रिका बलामी, वनवारीलाल साह, विजय भुसाल, देवनानी श्रेष्ठ र यमुनादेवी श्रेष्ठ (महर्जन) निर्वाचित हुनुभएको सांसद केसीले जानकारी दिनुभयो ।

काठमाडौँको जिल्ला अधिवेशनमा नगरका वडाबाट निर्वाचित १२७३ क्षेत्रीय प्रतिनिधिले भाग लिनेछन् । सभापति, सचिव एवम् कोषाध्यक्ष पदमा एक एक जनाका लागि निर्वाचन हुने काठमाडौँका मुख्य निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले राससलाई बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री