
चितवनमा आइतबार ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको अवसरमा सन् २०१५ मा गैँडा संरक्षणमा सक्रिय एवम् महत्वपूर्ण योगदान गर्ने संरक्षणकर्मीलाई सम्मान गर्दै वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर, चितवन, रासस
रत्ननगर (चितवन), २४ माघ । सन् २०१५ मा कुनै पनि गैँडा चोरी सिकारबाट नमारिएको खुसियालीमा आज चितवनमा ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ ।
यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार वर्ष मनाइसकिएको छ । वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो । विसं २०७१ वैशाख २० देखि आजसम्म ६४५ दिन नै शून्य चोरी सिकार अवधि रहेको निकुञ्ज विभागका महानिर्देशक तथा वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिका सदस्य सचिव फणीन्द्रराज खरेलले जानकारी दिए ।
कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले सून्य चोरी सिकार मनाउन सफल हुनु प्रकृति र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण आयाम भएको र यसले सामूहिक प्रयासको नयाँ सन्देश दिएको बताए । “हामी गर्न सक्छौँ भन्ने सन्देश यो उपलब्धिले दिएको छ, सामूहिकता नै सबैभन्दा ठूलो कुरा हो भनेर पाठ समेत सिकाएको छ, यसले अन्तर्राष्ट्रियरुपमै गौरव बढाएको छ ”, मन्त्री सापकोटाले भने ।
नेपालमा प्रहरी, सेना, स्थानीयवासी र संरक्षणकर्मीको संयुक्त सहभागितामा संरक्षण भइरहेको छ । वन्यजन्तु संरक्षणमा जनस्तरमा चेतना अभिवृद्धि भएको र वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा प्रभावकारी कार्यसम्पादन भएकाले संरक्षण सफल भएको चितवन निकुञ्जको निष्कर्ष छ ।
नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गैँडाको मुख्य वासस्थान छ । सन् १९५० को दशकमा ८०० को सङ्ख्यामा रहेको अनुमान गरिएको गैँडा विसं २०२४, २५ तिर ८१ देखि १०० मा झरेको अनुमान गरिएको थियो । हालैको गैँडा गणनाबाट नेपालमा ६४५ र चितवन निकुञ्जमा गैँडाको सङ्ख्या ६०५ रहेको तथ्याङ्क छ । चोरी सिकार नियन्त्रणका लागि निकुञ्ज कार्यालयमा चोरी सिकार प्रतिरोध एकाइ स्थापना गरी सुराकी परिचालन, सुराक सङ्कलन कार्य गरिएको निकुञ्जले जनाएको छ ।
यस्तै कुकुरको प्रयोगसँगै अत्याधुनिक प्रविधिको प्रयोग गरेर गस्ती हुने गरेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । यसैबीच आज सून्य चोरी सिकार वर्ष मनाउने कार्यक्रममा संरक्षणमा सक्रिय भएका आठ संस्था र १३ संरक्षणकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर