लन्डन । विभिन्न लगानीकर्ताबाट रकम संकलन गरेर गैर कानुनी रुपमा मुनाफा बांडिने एउटा स्किम ‘पोन्जी’ मा सयौं गोर्खाहरु ठगिएका छन् । करिब ५० मिलियन पाउण्डको पोन्जी स्किममा सेवारत र भूपू गरि करिब ४५० गोर्खा ठगिएको विश्वास गर्दै प्रहरीले उनीहरुलाई तथ्य सहित बाहिर आएर सहयोग गरिदिन अपिल गरेको छ । यो स्किममा गोर्खाहरुको मात्र झण्डै २४ लाख पाउण्ड (करिब ३८ करोड ११ लाख रुपैयां) लगानी डुबेको विश्वास छ ।
दि टेलिग्राफका अनुसार, लन्डन प्रहरीले नेपाली समुदायबाट हालसम्म ५ जना पीडितमात्र पहिचान भएको जनाएको छ । पीडितहरु अधिकांशले आफ्नो जीवनभरको वचत डुबेपनि उजुरी गर्न नसकिरहेको समाचारमा उल्लेख छ ।
सेकेन्ड गोर्खा राइफल्स् (टुजिआर) मा कार्यरत एक गोर्खाले आफ्नो रेजिमेन्टबाट मात्र मेजर र वारेन्ट अफिसरसहित करिब डेढसय जनाको लगानी डुबेको दावी गरे । नाम उल्लेख नगर्ने शर्तमा उनले भने अनुसार, गत महिना अवकास लिएका एक गोर्खाको ४५ हजार पाउण्ड डुबेको छ ।
सिटी अफ लन्डन पुलिस डिटेक्टिभ चिफ इन्सपेक्टर डेभिड म्यान्लेले गोर्खा र नेपाली समुदायबाट आफूहरु यस ठगीबारे सुन्न उत्सुक रहेको बताएका छन् । ‘हामीले बुझिरहेका छैनौं किन मानिसहरु अगाडि आउन चाहिरहेका छैनन् ? के यो गर्वको विषय हो र ?’ म्यान्लेको भनाइ उधृत गर्दै टेलिग्राफले भनेको छ, ‘तपाईं लगानीकर्ताहरुले नराम्रो केही गर्नुभएको छैन् । आउनुस् सघाउनुहोस् । हाम्रो जारी अनुसन्धान नै न्याय दिलाउने अवसर हुन सक्छ ।’
लन्डन प्रहरीले क्यापिटल वल्र्ड मार्केटस नामक एक कम्पनीको क्रियाकलाप सन् २०१५ को अक्टोबरदेखि अनुसन्धान गरिरहेको छ । उक्त कम्पनीले लगानीकर्तालाई मासिक ५ प्रतिशत मुनाफा दिने प्रलोभन देखाएको थियो । कम्पनीले मुनाफा कमाएर नभई नयां लगानीकर्ताहरुको पैसाबाट पुराना लगानीकर्तालाई लाभांश बांडिरहेको आशंका प्रहरीको छ । प्रहरीले अनुसन्धानका क्रममा १४ जनालाई गिरफ्तार गरेर पछि धरौतीमा रिहा गरेको थियो ।
नेपालमा विनाशकारी भूकम्पले तहसनहस भइरहंदा गोर्खाहरु यो स्किम प्रलोभनमा फंस्दै थिए । टुजिआरमा कार्यरत एक गोर्खा भन्छन्, ‘सिडब्लुएम कम्पनीले आफ्नो मुख्यालय लन्डनमा भोज ख्वाएर लिमोजिन गाडीमा शहर घुमाउंदा धेरै गोर्खा विश्वासमा परे ।’
भूपू गोर्खा नेता ज्ञानराज राईले एक जना भूपू आफ्नो सम्पर्कमा आएको जनाउंदै ति पीडितले झन् पैसा डुब्ने डरले प्रहरीसमक्ष उजुरी गर्न डराइरहेको बताएको उल्लेख गरे ।
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा