
काठमाडौँ, २० माघ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्रीलाई भारतीय राष्ट्रपतिले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
नेपाल र भारतबीच दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक चलन रही आएको छ ।
प्रधानसेनापति क्षत्रीले आजै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाको विभिन्न कमाण्डको भ्रमण गर्ने कार्यक्रमअन्तर्गत प्रधानसेनापति क्षत्रीले भोलि मध्य प्रदेशको इन्दौरस्थित आर्मी वार कलेजको भ्रमण गर्नुहुनेछ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर