
सिंहदरबारमा आज भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, संयन्त्रका संयोजक एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललगायत सत्तारुढ दलका नेताहरु । तस्विर ः भीष्मराज ओझा, रासस
काठमाडौँ, १७ माघ । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ ।
संयन्त्रको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा प्रारम्भिक छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण, समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामको समीक्षा, मधेस आन्दोलन र नाकाबन्दीबारे कार्यसूची प्रस्तुत भएको संयन्त्रका संयोजक एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिनुभयो ।
नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले समय अपुग भएकाले आजै साँझ बस्ने संयन्त्रको बैठकमा थप छलफल हुने जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले बैठकमा आफूले सीमाको अवरोध मात्र मधेसको समस्या नभई प्रान्तीय सीमाको विषय पनि जोडिने भएकाले त्यस बारेमा गम्भीर छलफल हुनुपर्ने धारणा राखेको जानकारी गराउनुभयो ।
बैठकमा एमालेका नेता माधवकुमार नेपाल, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत सत्तागठबन्धन दलका नेता उपस्थित हुनुहुन्थ्यो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर