हेटाँैडा, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदले राष्ट्रको स्वतन्त्रता, प्रजातन्त्र सुदृढीकरण र मानवअधिकार व्बहालीका लागि त्याग, तपस्या र बलिदान गरेकाले तिनको योगदानलाई सम्झना गरी राष्ट्र समृद्ध पार्न एकजुट हुनुपर्ने बताउनुभएको छ ।
सहिद स्मारक हेटौँडामा आयोजित सहिद दिवस समारोहलाई सम्बोधन गर्दैै उहाँले मुलुकमा गणतन्त्रको संस्थागत विकास र आर्थिक समुन्नतिका लागि सबै दललाई दलगत स्वार्थ त्यागेर जनताप्रति जिम्मेवार हुन आह्वान गर्नुभयो ।
बहुसङ्ख्यक जनताको चाहनाअनुरुप नयाँ संविधानले सबैको मौलिक हक र अधिकारको सम्बद्र्धन गरेकाले आफ्ना माग संवैधानिक प्रक्रियाबाटै प्राप्त गर्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“जनतालाई अहिले स्थायी शान्ति र आर्थिक समुन्नतिका लागि विभिन्न कार्यक्रम आवश्यक भएकाले सरकारले त्यसमा ध्यान केन्द्रित गर्नुपर्छ ।” राष्ट्रपतिले सहिद स्मारक हेटौँडाको मात्र नभई राष्ट्रको धरोहर र पर्यटकीयस्थल भएकाले पर्यटन विकासका लागि स्मारकले ठूलो मद्दत पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
सोही समारोहमा उपप्रधानमन्त्री कमल थापाले संवैधानिक प्रक्रियाबाटै आफ्नो अधिकार सहज रुपमा प्राप्त गर्न सकिन्छ भन्दै सहिदको त्याग र तपस्यालाई आत्मसात् गरेर अघि बढ्न सके नेपालको स्वतन्त्रता दिगो रहने बताउनुभयो ।
कार्यक्रममा सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेल र उपाध्यक्ष श्रीचन्द्र शर्माले हेटौँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहिद स्मारकलाई थप विस्तार गरी अत्याधुनिक बनाउने लक्ष्य रहेको उल्लेख गर्दै स्मारकलाई गुरुयोजनाका रुपमा विकास गर्न सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन