लण्डन । एक्सेस फाइनान्सियल सर्भिसेजले प्लमस्टिड र अासफाेर्डमा माेर्गेज र ट्याक्सका बारेमा निशुल्क परामर्श गर्ने भएकाे छ ।
फेब्रुअरी १४ का दिन अाइतबार गेसाे हल प्लमस्टिडमा दिउँसाे १ देखि ४ बजेसम्म हुने सेमिनारमा विल र स्टेट प्लानिङ, ट्याक्सका नयाँ नियमहरू र घरजग्गामा पार्नसक्ने असरहरू, घरखरिद बिक्रीमा वकिलकाे भूमिका, समय वचत गरेर कसरी व्यापार बढाउने, माेर्गेज, रिमाेर्गेज, बीमा र भाडामा दिने घर खरिद लगायतका बारेमा परामर्श दिइने छ ।
प्लमस्टिडमा हुने सेमीनारमा भाग लिन चाहनेहरूका लागि मगर संघ प्लमस्टिडका पूर्व उपाध्यक्ष देवी अालेलाइ सम्पर्क व्यक्ति ताेकिएकाे छ ।
सेमिनारमा सहभागीले समूहमा र एक्लाएक्लै पनि विज्ञहरूसित परामर्श लिनसक्ने बताइएकाे छ ।
यस्तै साेही सेमिनार मार्च ६ तारिखका दिन अासफाेर्ड, केन्टमा पनि हुने भएकाे छ । वुमन्स इस्न्टिच्यूट हलमा दिउँसाे १ देखि ४ बजेसम्म साे कार्यक्रम हुने छ । पदम गर्बुजा साे सेमिनारका लागि सम्पर्क व्यक्ति ताेकिएका छन् ।
एक्सेसले एसएनपी प्लस, ब्यालेन्स कन्सल्ट्यान्सी, सेठी पार्टनरसिप, टीएम डेभलपमेण्ट एसाेसिएटकाे सहयाेगमा यसअघि पनि लण्डन र फार्नब्राेमा यस्ता सेमीनार गरिसकेकाे छ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन