लन्डन । दमक झापामा सञ्चालित रत्न आश्रमको सहयोगार्थ लन्डनमा च्यारिटी डिनर हुने भएको छ । आगामी अप्रिल ३० तारिख सांझ ह्यारोबरो फुटबल क्लवमा कार्यक्रम गर्न लागिएको संस्थापक मनमाया सुनुवार (आले) ले जनाइन् ।
उक्त वृद्धाश्रममा हाल तीन वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । बेलायतमा नर्सिङ पेशामा आवद्ध सुनुवारको आफ्नै खर्चमा उनीहरुलाई औषधोपचारसहित खाना, बस्न निशुल्क व्यवस्था मिलाइएको छ । ७ कोठे वृद्धाआश्रममा असहाय र अपहेलित वृद्धवृद्धा थप्ने योजना सुनुवारको छ ।
च्यारिटीका लागि नेपलिज नर्सिङ एसोसिएसन यूके, मिसन टु हेल्प नेपाल, वेम्ली महिला मगर संघ र जुनकिरी इनिसियटिभ्स् ले सघाउने भएका छन् । बिहीबार ति संस्थाका तर्फबाट क्रमशः रश्मिता दर्लामी, बबी लामा, शशी थापा सुब्बा, लक्ष्मी राई (लारा) र गोर्खा च्यानलकी विमला सेनेले तयारी सम्वन्धमा छलफल गरेका थिए । उक्त अवसरमा जिम्मेवारी बांडफांडबारे समेत छलफल भयो ।
रत्न आश्रमकी संस्थापक मन सुनुवारले च्यारिटीमा आइदिएर सहयोग गर्न सबैमा अपिल गरेकी छिन् ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन