
काठमाडौँ, १५ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने बताउनुभएको छ ।
नीतिमूलक अनुसन्धान तथा विकास संस्था (इप्राड)ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको तत्कालीन एवम् दीर्घकालीन स्पष्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “कर्णप्रिय प्रवचनभन्दा पनि ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो यस विषयमा मूर्त समाधानको उपायसहित एकसाताभित्र ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ ।”
मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणासहितको कार्यक्रम आउने जानकारी दिँदै उहाँले ऊर्जा उत्पादनमा पछाडि पर्दा विकासले गति लिन नसकेको धारणा राख्नु भयो ।
अर्थमन्त्री पौडेलले प्रसारण लाइन अविलम्ब सुरु गर्ने, निर्माणाधीन आयोजनालाई सम्पन गर्न ढिलाइ गर्न नहुने र विदेशी लगानीलाई आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ऊर्जा विज्ञ गुरुप्रसाद न्यौपाने, शेरसिंह भाट र डा भीमप्रसाद न्यौपानेलगायतले जलविद्युत् आयोजना निर्माण अवरुद्ध हुने अवस्था आउन नहुने, उत्पादन लागत घटाउनुपर्ने र विद्युत प्रसारण लाइन निर्माण जिम्मा निजी क्षेत्रले पनि पाउनुपर्ने सुझाव दिनुभएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने