लन्डन । प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल लैजान प्रयास गरिरहेको नेपाली प्रतिनिधिमण्डल सोमबार टेन डाउनिङ स्ट्रिट जाने भएको छ । क्यामरुनले सोमबार दिउसो एकबजे समय दिएको कार्यक्रम संयोजन गरिरहेका राजाराम गिरीले जानकारी दिए ।
सुरक्षाका कारण प्रतिनिधिमण्डलमा बेलायतस्थित नेपाली डायस्पोराका तर्फबाट ५ जनामात्र डाउनिङ स्ट्रिट जाने तय भएको छ । जसमा व्यवसायी गिरीसहित गैर आवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन क्षेत्री, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिं गुरुङ, यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेशराज मोक्तान र नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ जाने भएका छन् । क्यामरुनलाई भेटेर भ्रमणको औपचारिक निम्तो दिइनेछ ।
‘कुनै अप्रत्यासित घट्ना नभए क्यामरुनलाई नै भेट्ने निश्चित छ’, गिरीले भने ।
डाउनिङ स्ट्रिट जानुअघि बिहान उक्त प्रतिनिधिमण्डलले बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष वीरेन्द्र शर्मासंग छलफलको कार्यक्रम समेत राखेको छ ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा बेलायती प्रधानमन्त्रीको अहिलेसम्म भ्रमण भएको छैन् । क्यामरुनलाई नेपाल सरकारले भ्रमणको औपचारिक निम्तो दिएपनि नेपाली डायस्पोराका तर्फबाट समेत बेग्लै आग्रह गर्न लागिएको हो ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त