लन्डन । पेशाले जनस्वास्थ्य विषयकी अध्यापक हुन् प्रियम्बदा पौडेल । ब्राइटन एण्ड ससेक्स् मेडिकल स्कुलमा जनस्वास्थ्य पढाउंछिन् उनी । यसबाहेक एमएस्सीमा पब्लिक हेल्थको कोर्स लिडर जिम्मेवारी पनि उनीमाथि छ ।
तर, उनी जति मिडियामा छाउंछिन्, त्यो अध्यापनले होइन् । बरु, सामाजिक कामका लागि उनी अखवारका पानामा छाउंछिन्, त्यो पनि दौडेर ।
प्रियम्बदाले आगामी २४ अप्रिल, २०१६ का दिन भर्जिन लन्डन म्याराथनमा भाग लिंदैछिन् । ५ वर्षको प्रयासपछि यसपटक उक्त प्रतिष्ठित म्याराथनमा भाग लिन उनले ‘चिट्ठा’ पारेकी हुन् । यस वर्ष दौड्न अहिलेसम्मकै बढि दुई लाख ४७ हजार ६९ जनाले आवेदन दिएका थिए । २६ दशमलव २ माइल (४२ किमी) दुरीको यो म्याराथानमा वर्षेनी करिब ३६ हजार दौडन्छन् ।
गुल्मी जिल्लाको दुर्गम गाउंमा अवस्थित मालागिरी स्कुलको सहयोगार्थ उनको सहभागिता भएको हो । उनले ‘स्कुल फर मालागिरी’ च्यारिटीका दागि दौडेर दुई हजार पाउण्ड उठाउने लक्ष्य लिएकी छन् । उक्त स्कुल सन् २००७ देखि युनिभर्सिटी अफ ब्राइटन मार्फत च्यारिटी गरेरै टिकेको छ । स्कुललाई आवश्यक वार्षिक २० हजार पाउण्ड खर्च च्यारिटीबाटै उठाइन्छ । त्यहां ३ देखि ८ वर्ष उमेरका ६० जना वालवालिका अध्ययनरत छन् ।
‘लन्डन म्याराथनमा भाग लिने धेरैको सपना नै हुन्छ । म त्यो अवसरलाई आफ्नो देशको समाजसेवामा लगाउन चाहन्छु’, उनले भनिन् ।
उनले आफ्नो च्यारिटी प्रयासलाई सघाउन बेलायतवासी सबै नेपालीमा अपिल समेत गरेकी छिन् । जस्ट गिभिङ वेवसाइटमा गएर आर्थिक सहयोग गर्न सकिन्छ ।
यतिखेर प्रियम्बदा १७ हप्ते अभ्यास अन्तर्गत प्रत्येक साता १०, १५ माइल दौडिरहेकी छिन् । ‘म जन स्वास्थ्य विषयको प्राध्यापनमा लागेकाले रोल मोडल पनि बन्नुपर्छ भनेर स्वास्थ्यमा अलिक सचेत छु’, फूर्सद भए दौड्ने प्रियम्बदा भन्छिन्, ‘फिजिकल फिटनेसबाहेक नयां ठाउंमा दौड्दा त्यहांको परिवेश र जीवनशैली थाहा हुन्छ । यसले सोसियल नेटवर्किङ पनि विस्तार गर्छ ।’
विगत ६ वर्ष देखि उनी नियमित दौड्न थालेकी हुन् । पार्क रनमा हरेक शनिबार दौड्ने उनको रुटिन छ । उनले हालसम्म दुई वटा हाफ म्याराथन र एउटा फूल म्याराथनमा सहभागिता जनाइसकेकी छन् ।
दुई वर्ष अघि ब्राइटन म्याराथनमा भाग लिएर उनले हेल्प नेपाल नेटवर्कमार्फत नेपालकै विद्यालयलाई सहयोग जुटाएकी थिइन् ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन