काठमाडौँ, १३ माघ । सरकारले नेपाल–भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई थप विस्तार गर्न र गहन तुल्याउन सुझाव प्रस्तुत गर्न विशिष्ट व्यक्तिको समूह गठन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चार जना विशिष्ट व्यक्ति सम्मिलित उक्त समूह गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।
विशिष्ट व्यक्तिहरुको समूहमा अर्थशास्त्री डा भेषबहादुर थापा, कानूनविद् सूर्यनाथ उपाध्याय, नागरिक समाजका अगुवा निलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहनुभएको छ ।
डा थापा पूर्व परराष्ट्रमन्त्री एवम् भारतका लागि नेपाली पूर्व राजदूत हुनुहुन्छ भने उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त हुनुहुन्छ ।
नागरिक समाजका तर्फबाट आचार्य र व्यवस्थापिका–संसद् सदस्यबाट डा भट्टराईलाई विशिष्ट समूह चयन गरिएको छ ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरिय संयुक्त आयोगको २०७१ साल साउनमा काठमाडौँमा सम्पन्न तेस्रो बैठकमा भएको सहमतिअनुसार दुई देशको सम्बन्धको समग्र पक्षलाई विचारविमर्श गरी अघि बढ्ने सिलसिलामा सरकारले नेपालको तर्फबाट उक्त समूह गठन गरेको हो । समितिको कार्यकाल दुई वर्षको हुने छ ।
मन्त्रिपरिषद्को अघिल्लो बैठकमा समेत उक्त समूह गठन गर्नेबारेमा पर्याप्त छलफल भएको मन्त्री राईले जानकारी दिनुभयो ।
दुई सचिवको सरुवा
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।
उपाध्यक्षमा शर्मा
सरकारले नेपाल कानुन सुधार आयोगको उपाध्यक्षमा भेषराज शर्मालाई नियुक्त गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव शर्माले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै उहाँलाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो ।
बैठकले सो आयोगको उपाध्यक्ष प्रचण्डमान प्रधानले दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत