लन्डन । लन्डनस्थित नेपाली दूतावासले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आवेदन तत्कालै राहदानी विभाग, काठमान्डू पुग्ने गरि थालिएको प्रत्यक्ष दर्ता प्रणाली (लाइभ इनरोलमेन्ट सिस्टम) ले पूर्ण रुपमा काम गरिरहेको जानकारी दिएको छ । दूतावासले ५ जनवरीमा शुरु भएको यस प्रणालीबारे तीनसाता पछि मंगलबार जानकारी दिएको हो ।
एमआरपी वितरण सहज र छिटो छरितो बनाउने नेपाल सरकार, परराष्ट मन्त्रालयको निर्णय र निर्देशनानुसार लन्डनस्थित दूतावासमा पनि उक्त सिस्टम शुरु भएको दूतावासले जनाएको छ ।
सेवाग्राही नेपाली नागरिकले राहदानी फाराममा एकप्रति फोटो टांसी (केही समयपछि त्यो आवश्यक नपर्न सक्ने) नागरिकताको सक्कल र एकप्रति फोटोकपी, पुरानो राहदानी सक्कल र एक प्रति फोटोकपी, शुल्क र अन्य आवश्यक कागजातसहित दूतावास उपस्थित भएको खण्डमा अपरेटरले कम्प्युटरबाट निवेदकको फोटो खिची सो विवरण, विद्युतीय हस्ताक्षर र औंठाछाप (फिंगर प्रिन्ट) तुरुन्तै राहदानी विभागमा उपलव्ध गराउने जनाइएको छ ।
यस प्रणालीबाट आवेदनमा त्रुटी कम हुने, आवेदन कहां के भइरहेको छ सो को जानकारी इमेलबाट प्राप्त हुने र राहदानी समेत छिटो तयार भएर आउने दूतावासले जनाएको छ ।
दूतावासको सूचना विस्तृतमा पढ्नुहोस्ः
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन