लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी (ओबिइ) एक प्रतिष्ठित जर्नलको सम्पादकीय बोर्डमा अध्यक्ष नियुक्त भएका छन् । हालै बैंककमा सम्पन्न एसियन सोसाइटी अफ इन्टरनेशनल ल को पांचौं सम्मेलनले प्रा. सुवेदीलाई क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशन हुने एसियन जर्नल अफ इन्टरनेशनल लका लागि उक्त जिम्मेवारी सुम्पेको हो ।
सुवेदीका अनुसार, उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरु, संयुक्त राष्ट्रसंघ सम्वद्ध इन्टरनेशनल ल कमिसनका सदस्यहरु तथा एसियासहित विश्वभरका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकहरुको सहभागिता थियो ।
सुवेदी ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष समेत हुन् ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन