लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी (ओबिइ) एक प्रतिष्ठित जर्नलको सम्पादकीय बोर्डमा अध्यक्ष नियुक्त भएका छन् । हालै बैंककमा सम्पन्न एसियन सोसाइटी अफ इन्टरनेशनल ल को पांचौं सम्मेलनले प्रा. सुवेदीलाई क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट प्रकाशन हुने एसियन जर्नल अफ इन्टरनेशनल लका लागि उक्त जिम्मेवारी सुम्पेको हो ।
सुवेदीका अनुसार, उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय न्यायलयका न्यायधिशहरु, संयुक्त राष्ट्रसंघ सम्वद्ध इन्टरनेशनल ल कमिसनका सदस्यहरु तथा एसियासहित विश्वभरका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकहरुको सहभागिता थियो ।
सुवेदी ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष समेत हुन् ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?