लन्डन । विज्ञान प्रसाईंले नेतृत्व गरेको नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन आगामी फेब्रुअरी २१ मा हुने भएको छ । समितिका संयोजक विज्ञान प्रसाईंको अध्यक्षतामा आइतबार २४ जनवरीमा ह्यारो, लन्डनमा सम्पन्न कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन बमोजिम पार्टीको आसन्न १३ औं महाधिवेशन अगावै नेपाली जनसम्पर्क समिति बेलायतले सिफारिस गरि पठाएका र केन्द्रले स्वीकृत गरेका क्रियाशिल सदस्यहरुको उपस्थितिमा फेब्रुअरी २१ तारिखका दिन अधिवेशन गर्ने निर्णय भएको अधिवेशन तयारी समितिका संयोजक शान्तबिनोद लामिछानेले जानकारी दिए । बैठकले सोही अनुरुप काम कारवाही अगाडि बढाउन सम्पूर्ण उपसमितिहरुलाई निर्देशन दिएको छ ।
बैठकले पार्टीले तोकेको केन्द्रिय प्रतिनिधि तथा परिवेक्षकका लागि आवश्यक सम्पूर्ण कागजात केन्द्रलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन