लन्डन । बेलायत नेपाल कूटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा नेपलिज क्याटरर्स एसोसिएसन यूकेले ‘टेष्ट अफ नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ ।
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा अंग्रेजी भाषामा उक्त पुस्तक प्रकाशन गर्न लागिएको एसोसिएसन अध्यक्ष विजय थापाले एक विज्ञप्तिमार्फत जनाएका हुन् ।
उक्त पुस्तक एउटा दस्तावेजका रुपमा रहने एसोसिएसनको विश्वास छ । पुस्तकमा बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास, चिकेन टिक्का मसला चिनाउने नेपाली सेफको कथा, नेपाली सेफहरुको व्यक्तित्व विवरण, बेलायतका विभिन्न शहरमा नेपालको चिनारी दिइरहेका रेष्टुरेन्टको जानकारी, रिसिपी आदि समेट्ने योजना एसोसिएसनको छ । पुस्तक कूटनीतिक निकाय र सम्वन्धित क्षेत्रमा वितरण गरिने भएको छ ।
पुस्तक प्रकाशनका लागि एसोसिएसन अध्यक्ष विजय थापाको संयोजकत्वमा सदस्यहरु सूर्य गुरुङ, कुल आचार्य, ओजेश सिंह र रोशन सापकोटा सदस्यहरु रहेको एक आर्थिक समिति समेत बनाइएको छ ।
एसोसिएसनले बेलायतस्थित सदस्य रेष्टुरेन्टहरु र नेपाली समुदायलाई लेख, जानकारी, विज्ञापन वा अन्य दुर्लभ तस्विरहरु उपलव्ध गराएर सहयोग गरिदिन अपिल गरेको छ । रेष्टुरेन्ट सञ्चालकहरुलाई यो लिंक http://tasteofnepal.co.uk/submit-listing/
मा गएर आफ्नो रेष्टुरेन्टको विवरणहरु सकेसम्म छिटो अपडेट गरिदिन थापाले अनुरोध गरेका छन् ।
नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पुस्तक प्रकाशनले नेपाल र नेपाली खानाबारे अन्तर्राष्टिय जगतमा जानकारी दिने विश्वास व्यक्त गरेका छन् । दूतावास यसका लागि सहकार्य गर्न पाउंदा खुशी लागेको समेत विज्ञप्तिमा छ ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन