टेष्ट अफ नेपाल कुटनीतिक निकायमा पुर्याइने

image-by-item-and-aliasलन्डन । बेलायत नेपाल कूटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा नेपलिज क्याटरर्स एसोसिएसन यूकेले ‘टेष्ट अफ नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा अंग्रेजी भाषामा उक्त पुस्तक प्रकाशन गर्न लागिएको एसोसिएसन अध्यक्ष विजय थापाले एक विज्ञप्तिमार्फत जनाएका हुन् ।

उक्त पुस्तक एउटा दस्तावेजका रुपमा रहने एसोसिएसनको विश्वास छ । पुस्तकमा बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास, चिकेन टिक्का मसला चिनाउने नेपाली सेफको कथा, नेपाली सेफहरुको व्यक्तित्व विवरण, बेलायतका विभिन्न शहरमा नेपालको चिनारी दिइरहेका रेष्टुरेन्टको जानकारी, रिसिपी आदि समेट्ने योजना एसोसिएसनको छ । पुस्तक कूटनीतिक निकाय र सम्वन्धित क्षेत्रमा वितरण गरिने भएको छ ।

पुस्तक प्रकाशनका लागि एसोसिएसन अध्यक्ष विजय थापाको संयोजकत्वमा सदस्यहरु सूर्य गुरुङ, कुल आचार्य, ओजेश सिंह र रोशन सापकोटा सदस्यहरु रहेको एक आर्थिक समिति समेत बनाइएको छ ।

एसोसिएसनले बेलायतस्थित सदस्य रेष्टुरेन्टहरु र नेपाली समुदायलाई लेख, जानकारी, विज्ञापन वा अन्य दुर्लभ तस्विरहरु उपलव्ध गराएर सहयोग गरिदिन अपिल गरेको छ । रेष्टुरेन्ट सञ्चालकहरुलाई यो लिंक http://tasteofnepal.co.uk/submit-listing/

मा गएर आफ्नो रेष्टुरेन्टको विवरणहरु सकेसम्म छिटो अपडेट गरिदिन थापाले अनुरोध गरेका छन् ।

नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पुस्तक प्रकाशनले नेपाल र नेपाली खानाबारे अन्तर्राष्टिय जगतमा जानकारी दिने विश्वास व्यक्त गरेका छन् । दूतावास यसका लागि सहकार्य गर्न पाउंदा खुशी लागेको समेत विज्ञप्तिमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री