काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमा नै नेपालको संविधानको पहिलो संशोधनप्रति असन्तुष्टि जनाउँदै तराई–मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाएका छन् ।
आफ्नो आसनबाट उठेर उनीहरुले विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरम नेपालका सांसद डा शिवजी यादवलाई बोल्ने समय दिइन् । उनले प्रमुख दलको सहमतिमा गरिएको नेपालको संविधानको पहिलो संशोधनले तराई–मधेस माग सम्बोधन गर्न नसक्ने बताए ।
उनले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडा वर्गलाई कुनै अधिकार नदिने गरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको धारणा राखे । संविधान संशोधनले तराई–मधेसको माग सम्बोधन गर्न नसक्ने धारणा राख्दै सांसद यादवले प्रमुख तीन दल मुलुकले भोग्नुपरेको कष्टप्रति जिम्मेवार नभएको बताए ।
उनले सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टीलगायतले सदनको आजको कारबाही बहिस्कार गर्ने बताए । यस्तै सङ्घीय सद्भावना पार्टीकी सांसद् डिम्पलकुमारी झाले ठूला दलले बहुमतको बलमा अल्पसङ्ख्यकलाई पेलेको आरोप लगाउँदै बैठक बहिस्कार गर्ने धारणा राखिन् ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन