धनकुटा, १० माघ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा लिम्बुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
गत बिहीबार रङ्गेलीमा भएको झडपमा तीन जनाको ज्यान गएको भन्दै त्यसको विरोधमा समितिले एक दिने चक्काजाम आह्वान गरेको हो । बन्दका कारण धनकुटा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ र सुनसरीको जनजीवन प्रभावित भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
बन्दका कारण ती जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । तराई हुँदै पूर्वी पहाडी जिल्ला जोड्ने कोसी राजमार्ग पनि बिहानैदेखि सुनसान रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालमा छन । यातायात ठप्प हुँदा सर्वसाधरण मारमा परेका छन् ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन