लण्डन । म्याग्दी प्रबासी नेपाली सँघ (माेना) बेलायतको अध्यक्ष पदमा कमलबहादुर पुर्जा निर्विराेध चुनिएका छन् ।
यही ३० जनवरीमा अल्डरसटमा हुने पाँचौं अधिबेशनका लागि हिजाेसम्म उम्मेदवारी दर्ता गर्ने समयसीमा ताेकिएकाेमा अध्यक्ष पदमा उनकाे मात्र उम्मेदवारी परेकाे निर्वाचन समितिका सचिव याेगकुमार फगामीले जानकारी दिए ।
मद्दत समूहमा रहेर समाजसेवामा सक्रिय पुर्जा पूर्व गाेरखा सैनिक हुन् ।
माेना युकेका पूर्व अध्यक्ष समेत रहेका फगामीका अनुसार दुइ उपाध्यक्षका लागि दलबहादुर जुग्जाली, खिम शेरचन र किसन जिसीकाे उम्मेदवारी परेकाे छ भने महिला उपाध्यक्षमा लीला पुन निर्विराेध भएकी छिन् ।
यस्तै सचिव पदमा कुमार फगामी र प्रवेश केसीकाे उम्मेदवारी परेकाे छ भने सहसचिवमा लालबहादुर पुन, काेषाध्यक्षमा हाेम राेका र सहकाेषाध्यक्षमा पदम बहादुर गर्बुजा निर्विराेध भएका छन् ।
कार्यसमितिकाे ९ जना सदस्यका लागि ११ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा बिल बहादुर पुर्जा – खिबाङ, सुश्री नुनु थापा – पात्लेखेत, साम बहादुर गुरुङ – दरबाङ, बागबिर चोचाङी पुन – चिउरिबोट, वीर बहादुर छन्त्यल – मल्कबाङ, चित्र बुरा – देबिस्थान, श्रीमती धन रोका – पात्लेखेत, भक्त रोका – बरङ्जा, राजेन्द्र पाइजा – शिख, तुल चन्द्र तिलिजा – पाउदार र रमेश शाही – राखु रहेका छन् ।
नयाँ कार्यसमितिकाे पदावधि तीन वर्षकाे रहने छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त