लण्डन । म्याग्दी प्रबासी नेपाली सँघ (माेना) बेलायतको अध्यक्ष पदमा कमलबहादुर पुर्जा निर्विराेध चुनिएका छन् ।
यही ३० जनवरीमा अल्डरसटमा हुने पाँचौं अधिबेशनका लागि हिजाेसम्म उम्मेदवारी दर्ता गर्ने समयसीमा ताेकिएकाेमा अध्यक्ष पदमा उनकाे मात्र उम्मेदवारी परेकाे निर्वाचन समितिका सचिव याेगकुमार फगामीले जानकारी दिए ।
मद्दत समूहमा रहेर समाजसेवामा सक्रिय पुर्जा पूर्व गाेरखा सैनिक हुन् ।
माेना युकेका पूर्व अध्यक्ष समेत रहेका फगामीका अनुसार दुइ उपाध्यक्षका लागि दलबहादुर जुग्जाली, खिम शेरचन र किसन जिसीकाे उम्मेदवारी परेकाे छ भने महिला उपाध्यक्षमा लीला पुन निर्विराेध भएकी छिन् ।
यस्तै सचिव पदमा कुमार फगामी र प्रवेश केसीकाे उम्मेदवारी परेकाे छ भने सहसचिवमा लालबहादुर पुन, काेषाध्यक्षमा हाेम राेका र सहकाेषाध्यक्षमा पदम बहादुर गर्बुजा निर्विराेध भएका छन् ।
कार्यसमितिकाे ९ जना सदस्यका लागि ११ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा बिल बहादुर पुर्जा – खिबाङ, सुश्री नुनु थापा – पात्लेखेत, साम बहादुर गुरुङ – दरबाङ, बागबिर चोचाङी पुन – चिउरिबोट, वीर बहादुर छन्त्यल – मल्कबाङ, चित्र बुरा – देबिस्थान, श्रीमती धन रोका – पात्लेखेत, भक्त रोका – बरङ्जा, राजेन्द्र पाइजा – शिख, तुल चन्द्र तिलिजा – पाउदार र रमेश शाही – राखु रहेका छन् ।
नयाँ कार्यसमितिकाे पदावधि तीन वर्षकाे रहने छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?