
गौशाला, ११ पुस । भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठ्ठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर २४ सैँ घन्टा धर्ना बस्ने गरेका मोर्चाका कार्यकर्ता अहिले नाकामा आउन छाडेका छन् ।
महिनौँदेखि जारी तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्ध महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेका हुन् ।
गत असोज ७ देखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा नाकाबन्दी गर्नेको भीड हेर्नलायक हुन्थ्यो । तर अहिले आएर ती नाका सुनसान देखिन थालेका छन् । साउन अन्तिम साताबाट सुरु भएको बन्द हडतालको दबाबले मधेसका सम्बोधन हुने सङ्केत नदेखेपछि मधेसी मोर्चाले असोज ७ देखि नाकाबन्दी गर्ने निर्णय गरेको थियो ।
मधेसी मोर्चाको संस्थागत निर्णयलगत्तै भारतसँग जोडिएका महोत्तरीका भिठ्ठामोड, मटिहानी र सम्सीमा नाकाबन्दी गर्ने नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति हुन्थ्यो । नाकाबन्दीमा समर्थन जनाउने गाउँगाउँबाट आएर नाकामा बस्ने गरेका थिए ।
तर अहिले ती नाकामा मोर्चाका जिल्लास्तरका नेता पनि कमै उपस्थित हुने गरेका छन् भने गाउँगाउँबाट समर्थक पनि आउन छाडेका छन् ।
चार महिनाभन्दा बढीदेखि जारी आन्दोलनका कारण थाकिसकेका नेता तथा कार्यकर्ता त्यसमाथि तराईमा खेती थन्क्याउने सिजन भएर आन्दोलनका समर्थक पनि आउन छाडेका छन् ।
यता मोर्चा सम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताएका छन् ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा