लन्डन । नेपाली म्यूजिक भिडियो अब बुट्यान, पार्क वा नदी किनारतिर सिमित रहेनन् । नयां प्रविधि भित्रिएसंगै नेपाली गीतका म्यूजिक भिडियोले नयां स्वाद दिइरहेका छन् । सायद यस्तै भिडियो निर्माणले होला, अचेलका गीत सुन्दा होइन, हेर्दा मज्जा आउंछ ।
क्रिसमस इभका दिन लन्डनमा खिचिएको एउटा गीतको म्यूजिक भिडियोमा त्यस्तै पृथक शैली अपनाएका छन् नेपाली युवाले ।
नवराज घलेले व्यवसायिक गायकको चिनारी बनाउन त अझै बांकी छ तर उनले आफ्नो पहिलो एल्बममा रहेको गीत आज आइ भन्छेऊ छोडिदेऊ, यो मन कतै अन्तै मोडिदेऊ…को म्यूजिक भिडियो अलिक भिन्न बनाउन चाहेपछि सम्पर्क गरे कुशल श्रेष्ठलाई । हरेक भिडियोमा केही ने केही फरकपन दिन चाहने बेलायतका स्थापित सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन अनि सहायक निर्देशनमा कृष्ण सुवेदीले साथ दिएपछि भिडियोले नयां रुप धारण गरिहाल्यो ।
र्याप र मेलोडी मिश्रित गीतको भिडियो छायांकन गर्न लोकेशन रोजियो लन्डनस्थित वाटरलु ग्राफिटी । त्यो भेन्यू नै यस्तो रफ देखिन्छ जहां टनेलभित्र जताजतै पेन्टिङ छ । त्यस्तो ठाउं रक टाइपका गीतमा भिडियो बनाउन गज्जब हुने रहेछ । छिट्टै पहिलो एल्बम निकाल्ने तयारी गरिरहेका युवा नवराज घलेले भिडियोका लागि तीनवटा स्पोर्टस् बाइक र एउटा कारको प्रयोग गरिएको जनाए । र्याप गीत भएकाले त्यस्तो लोकेशन खोजिएको हो । भिडियो निर्माणमा कुनै सम्झौता नगरिएको निर्माण पक्षको दावी छ ।
चार मिनेटको गीतमा पृथक भिडियो बनाउन नेपालीले खर्च गरेको यो नै पहिलो भनिएको छ ।
निर्देशक श्रेष्ठले उक्त भिडियोमा सारा सिरपाली, सुशील थापा र प्रवीन गुरुङलाई अभिनय गराएका छन् । अहिले चर्चा भइरहेको गायिका अन्जु पन्तको जुनी जुनी…गीतबाट श्रेष्ठले नै सारालाई प्रवेश गराएका थिए । तस्विरहरुः के के मूभिज प्रोडक्शन
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय