काठमाडौँ, १० पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले इसाई धर्मावलम्बीको महान् पर्व क्रिस्मसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
सभापति कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको भौगोलिक विविधतायुक्त नेपालमा सबै जातिका विभिन्न धर्म र संस्कृति अङ्गीकार गर्ने नागरिकबीचमा सदियौँदेखि सौहाद्र्रपूर्ण सम्बन्ध रही आएको उल्लेख गरेका छन् ।
शान्ति, सद्भाव, एकता र मेलमिलाप मुलुकमा लोकतन्त्रको संस्थागत विकास र आर्थिक सामाजिक विकासलाई गतिदिने महत्वपूर्ण आधारको रुपमा विकसित भइरहेको उल्लेख गर्र्दै उनले संविधानसभाद्वारा जारी गरिएको नेपालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरी सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरेको बताएका छन् ।
सभापति कोइरालाले जिसस क्राइष्टको जन्मदिवसको स्मृतिमा मनाइने क्रिसमस हर्षोल्लासपूर्वक सम्पन्न हुन सकोस् भन्दै यसले सबैको घरपरिवारमा सुख शान्ति र समृद्धिको वातावरण सिर्जना गरी सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी कामनासमेत गरेका छन् ।
यसैगरी, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले क्रिस्मसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुखशान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
यस्तै, किराँत जातिको महान् पर्व उधौलीको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण किराँत नेपाली दाजुभाइ तथा दिदीबहिनीमा समेत उनले सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गरेका छन् । पौडेलले आज दिएको शुभकामना सन्देशमा यसप्रकारका पर्वले आपसमा मित्रता, सदभाव र भाइचारा अभिवृद्धि गर्नुका साथै मुलुकसामु आइपरेका समस्या समाधान गर्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
यसैगरी, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले इसाई धर्मावलम्बीको पर्व क्रिस्मसको अवसरमा शुभकामना दिँदै शान्ति र समृद्धिको कामना गरेका छन् । संविधानसभाबाट संविधान जारी भएको र नेपाल नयाँ युगमा प्रवेश गरेकाले नेपाली जनताको समृद्धिका दिन सुरु भएको उल्लेख गर्दै उनले मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न मार्गप्रशस्त गरोस् भन्नेमा पनि जोड दिएका छन् ।
यस्तै, अध्यक्ष दाहालले किराँत जातिको महान पर्व उधौलीले आदिवासी किराँत समुदायमा खुसी तथा समृद्धिको मार्गप्रशस्त हुने विश्वाससमेत व्यक्त गरेका छन् । आफूले विगतदेखि नै विभिन्न जाति तथा समुदायको अधिकारको पक्षमा आवाज उठाउँदै आएको पनि उनले उल्लेख गरेका छन् ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर