काठमाडौँ, ९ पुस । एकीकृत नेकपा(माओवादी)ले संवैधानिक प्रावधानअनुसार सात प्रदेशको बैठक तथा प्रशिक्षण गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सात प्रदेशमा प्रदेश समितिको बैठक एवम् प्रशिक्षणको कार्यक्रम तय गरेको हो ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माका अनुसार यही पुस १५ गतेदेखि ३० गतेसम्म ७ वटै प्रदेशको बैठक एवम् प्रशिक्षण सक्ने निर्णय गरिएको हो ।
उनले यही पुस १५ गते ३ नं प्रदेशको काठमाडौँमा, पुस १८ गते १ नं प्रदेशको इटहरीमा, पुस २० गते २ नं क्षेत्रको बर्दिवासमा, पुस २२ गते ४ नं प्रदेशको पोखरामा, पुस २५ गते ५ नं प्रदेशको दाङमा, पुस २८ गते ६ नं प्रदेशको सुर्खेतमा र पुस ३० गते ७ नं प्रदेशको धनगढीमा प्रदेश समितिको बैठक एवम् प्रशिक्षण गर्ने कार्यतालिका तय गरिएको जानकारी दिए ।
त्यसैगरी पूर्व घोषित केन्द्रीय परिषद्को बैठक स्थगित गरिएको प्रवक्ता शर्माले बताए । त्यसैगरी बैठकले प्रदेश नं १ मा हिमाल राई र प्रदेश नं ३ मा नारायण दाहाललाई प्रदेश सचिवमा नियुक्त गरेको छ ।
स्थायी समितिको बैठकले यही पुस ११ गते अर्थात् २६ डिसेम्बर चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको जन्म दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ ।
त्यसैगरी आगामी फागुन १ गते विशेष कार्यक्रमको आयोजना गरी जनयुद्धको २०औँ वार्षिकोत्सव मनाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर